यसकारण रुमालले माइक्रोफोन छोपेर बोल्न थाले प्रधानमन्त्री ओली

काठमाडौँ , मास्क तथा ग्लोब्स लगाएर संसद भवन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको सुरुवात गर्नु पूर्व रुमालले माइक्रोफोन छोपे अनि बोल्न थाले ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नहरुको जवाफ संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिन थालेका छन् । आइतबार र सोमबार दुई दिन भएको छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नको सम्बोधन प्रधानमन्त्रीले गर्ने छन् ।

सम्बोधनको सुरुवात गर्नु पूर्व प्रधानमन्त्री ओली कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सुरक्षात्मक उपाय अपनाए । त्यो सुरक्षात्मक उपाय हो–उनले रुमालले माइक्रोफोन छोपे अनि बोल्न थाले ।

मास्क तथा ग्लोब्स लगाएर संसद भवन पुगेका प्रधानमन्त्री ओलीलाई सभामुखले सम्बोधनका लागि बोलाए । ओली मञ्चमा गएर बोल्नु पूर्व माइक्रोफोनमाथि रुमाल खसाले अनि मास्क फुकालेर बोल्न थाले ।

संसदमा प्रधानमन्त्री ओलीले उठेर बोल्न नसकेपछि…