क्रान्तिकारी लालदस्ता जनता र देशको लागि लड्छन् गुटको लागि होइन्

यतिबेला मलाई गणेशमान सिंहले भन्नु भएको एउटा भनाइको याद आइरहेको छ । ‘जनता म जेल जाँदा पनि ताली बजाउछन र म जेलबाट निस्किदा पनि ताली बजाउछन त्यसैले जनता भनेका भेडा हुन’ ।

कहिलेकाँही यो भनाई पनि मनग्ये मनपर्ने गर्छ मलाई । त्यस्तै भएको छ पछिल्लो चरणको कालिकोटको स्थानीय तह पलाँता गाउँपालिकाको राजनीतिले गणेशमानकाे भनाइलाइ चरितार्थ गरेकाे अनुभुति हुन्छ  । त्यसमा पनि दुःख लाग्दो कुरो के छ भने कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाही र उहाँका प्रमुख स्वकीय सचीव खेम बहादुर सिंहको राजीनामा माग गरिरहेका छन् ।

मुख्यमन्त्री भनेका कर्णाली प्रदेश सरकारका प्रमुख हुन भन्ने भन्दा पनि पलाँता गाउँपालिका अध्यक्ष बचाउमा लागिरहेका छन् भन्ने झुटा प्रचार र कुविचार सम्प्रेषण गरिरहेका छन् । जनतालाई भेट्नु र स्वास्थ्य लाभको कामना गर्नु त्यो उहाँको दायित्व हो । गलत र गुटबन्दी होइन मानविय संबेदना हाे । गुट उपगुट भनेर यति संकीर्ण सोच बनाइ हाल्नुपर्ने अवस्था पनि हुदै होईन ।

एउटा शसक्त जनयुद्धको कमान्डर, आफ्नो ज्यानको कुनै प्रवाह नगरी देश र जनताको लागि दसौं बर्षसम्म लड्ने क्रान्तिकारी योद्धा कहिले पनि धोकेबाजी र गद्दार हुनै सक्दैन् । यो हामीले राम्रोसँग बुझेका छौँ । त्यसैले हामीले भोट हानेर बिश्वासका साथ, साथ दिएका हौं । कोहि कसैले मुख्यमन्त्रीको राजिनामाको कुरो मात्र उठाउछ भने त्यो तपाईंको दिवा सप्ना मात्र हुनेछ यो हेक्का रहोस् ।

यहि नयाँ संविधान, संघीयता, समाबेशी,धर्मनिरपेक्षता, सामानुपातिकका लागि जीवन आहुती दिन तयार हुने महेन्द्र बहादुर शाहीलाई राजिनामाको माग गर्ने केही अराजक तत्व र गुट बनाउन र पलाँतालाई खेलौना बनाएर अझैपनि भोट बैंक बनाउने सपना देख्नेहरु पहिले आफ्नो हैसियत बनाउन म बिनम्र पुर्वक आग्रह गर्दछु ।

हिटलरले नाजिहरुलाई साथमा लिएर पुर्ब सहकर्मी यहुदीहरुलाई धोका दिएको जस्तो परिणाम देखाउन खोज्दैछन् केही पाठाहरु । पार्टीको सिद्धान्त र विधि बिधानलाई नहेरी त्यसमा नटेकी अनावश्यक कुरा गर्न मिल्छ ?  केही गद्दार र अवसरबादिहरुले ? चाणक्यले भनेका छन् एक गुणवान पुत्र १०० गुडहिन पुत्र भन्दा धरै राम्रो हुन्छ ।

हो त्यही गुणवान् पुत्र हुन महेन्द्र बहादुर शाही र खेम बहादुर सिहँ । जे चिज बित्यो त्यो बित्यो, त्यसैले यदि कुनै गलत काम भएको छ भने पनि त्यसको चिन्ता गरेर भन्दा भविष्यमा सुधार गरेर अघि बढाऔं ।

धेरै लाञ्छाना र बिरोध गरेर कोहि कसैको भबिश्य छैन् ।  त्यसैले दोस्राे मानिसको गल्तिबाट पाठ सिकौ किनभने आफनो गल्तिबाट पाठ सिक्न आयु छोटो छ । एकजना पुर्व जनमुक्ति सेना दाइले भने जस्तै, कायरहरु भाग्छन्, गद्दारहरु आत्मसमर्पण गर्छन् ।

तर बिचार र सिद्धान्तबाट सुसज्जित राता सिपाहीहरु जनताको नैसर्गिक अधिकार प्राप्तिका लागि जीवनको अन्तिम घडीसम्म सामन्तवादी राज्यसत्तासँग लडिरहन्छन् ।  यो वर्गीय क्रान्तिमा निरन्तर चलिरहने प्रक्रिया हो । त्यसैले कोही कसैले हाम्रा बिचारहरुको हत्या गर्‍यो भनेर तपाई हामी निराश हुन जरुरी छैन,  हामी जित्छौं र जित्नैपर्छ ।

 कालिकोट