हर्कबहादुर यादवको कथा

कविता

यसो सुन्दा नाम पहाड़ी र मधेसी मिश्रित
उ छ नेपाल र भारतको सीमानामा आश्रित
भारतीय धोती भनेर केहिले भन्दा उसलाई
सिमामा स्तम्भ बनि उभिन्छ मुसुक्क मुस्काई।

पहाडिलाई बरु थाहा छैन कति मिचियो जमिन
मधेसी भनि हेपिएको घाउ अझै उस्तै छ नविन
नेपाली भई नेपाली कहलिदा उस्को मन दङ्ग
आफ्नैबाट पराई बनाइदा मस्तिष्क हुन्छ भङ्ग।

जमिन आफ्नो देश आफ्नो आफ्नै छ लालपुर्जा
आफू नेपाल जमीन परदेश छताछूल्ल भयो पाटपुर्जा
धेरै नै भयो यहाँ वीर सहिदको अपमान
चाहिए बरु सिर नै दिऊला म बलिदान
अब सहिदैन देशको शत्रुलाई क़ानूनले हप्काम
अझै पुगेन भने नेपालीको एकताले छप्काम।