यो अभागी खप्पर जहाँ पनि ठक्कर खान्छ

गजल

प्रवास गए प्रवास खान्छ घर गए घर खान्छ, 
यो अभागी खप्पर जहाँ पनि ठक्कर खान्छ ।

गाउँमा भने बाआमा भोक भोकै काम गर्छन्
छोरा भने सहरमा पिजाँ खान्छ बर्गर खान्छ ।

म भट्टी जानुको कारण कसैले नसोध्नु होला
धोका खाएको मान्छेले अक्सर जहर खान्छ ।

फूल माला लाउथ्यो कुनै बेला अबिर लाउथ्यो
यहि सालिक हो अहिले सधैं सधैं पत्थर खान्छ ।

जाजरकोट