रौतहट र बारामा थप ९ जनामा कोरोना, संक्रमितको संख्या ३०४

काठमाडौं । रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।

रौतहट इशनाथ नगरपालिका २,३,६ र ९ नम्बर वडाका २१, २१, २३, २५,२५, २९ र ३० वर्षका पुरुषहरु र सोही जिल्लाको माधवनारायण नगरपालिका ३ का वर्षिय महिलामा कोरोना पुष्टि भएको हो ।

यस्तै बारा करैयामाई ५ निवासी ३८ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण २ जनाकाे मृत्यु भइसकेकाे छ ।