बाँकेको नरैनापुर अनिश्चितकालका लागि सिल

नेपालगन्ज,  बाँकेको नरैनापुर गाउँपालिका सिल गरिएको छ । कोरोना भाइरसको उच्च जोखिमयुक्त क्षेत्र घोषणा गर्दा गाउँपालिका सिल गरिएको बाँके जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नरैनापुर गाउँपालिकाको क्‍वारेन्टाइनमा रहेकाहरुको स्वाब परीक्षण गर्दा उक्त गाउँपालिकामा मात्र ५५ जनामा संक्रमण भएको र एकजनाको मृत्यु भएपछि गाउँपालिका सिल गरिएको जनाइएको छ । यस अवस्थामा अत्यावश्यकबाहेर बाहिर ननिस्किन स्थानीयलाई आग्रह गरिएको छ।

उँपालिकामा १ जनाको मृत्यु भएको भोलिपल्टै ४७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बसेको जिल्ला सुरक्षा समितिको बैठकले अनिश्चितकालका लागि पुरै पालिका नै शिल गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

उक्त गाउँपालिकाका ५६ जना संक्रमित पुष्टी भइसकेको छ भने त्यसमध्ये एकजनाको निधन भइसकेको अवस्था छ ।