दिवेश बने अमेरिकन आइडलको उपविजेता

अमेरिका,  दिवेश पोखरेल अर्थात आर्थर गन अमेरिकन आइडलको उपविजेता घोषित भएका छन् । थुप्रै नेपालीहरु र अमेरिकी दर्शक स्रोताले विजेता बन्ने अपेक्षा गरिएका आर्थर गन अमेरिकन आइडलको १८ औं संस्करणको फाइनलमा उपविजेता बनेका हुन् ।  अमेरिकी आइडलमा यसरी उपविजेता अर्थात् दोस्रो स्थान हासिल गर्ने उनी प्रथम नेपाली हुन् ।

यो संस्करणको विजेता जस्ट शाम अर्थात सम्यान्था डायज बनेकी छन् । अफ्रिकन अमेरिकन डायज न्यू योर्क सहरकी बासिन्दा हुन् । यसअघिका उत्कृष्ट २० देखी उत्कृष्ट १० र उत्कृष्ट ७ सम्म पनि सबैभन्दा बढी भोट ल्याएका पोखरेल फाइनलमा दोस्रो हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

उत्कृष्ट ७ वाट उत्कृष्ट ५ बनेका पोखरेलले फाइनलको लागि ग्याविन डिग्रले गाएका आइ डन्ट वान्ट टु वि बोलको गीत गाएका थिए । गीतपछि सँधैझैं उनले निर्णायकहरुबाट उत्साहजनक प्रतिक्रियाहरु पाएका थिए । अन्तिम समयमा कसरी दिवेश दोस्रो भए यो कौतूहलताको विषय बनेको छ ।

विगतका विभिन्न चरणहरुमा उनको सफलताका आधारबाट दिवेश प्रथम नै हुनेमा उनका दर्शक ढुक्क थिए । प्रथम हुने जष्ट शामले अमेरिकाका अश्वेत र हिस्प्यानिकहरुको भोट अत्याधिक पाएको हुनसक्ने पर्यवेक्षकहरुको अनुमान छ ।