अब त स्कुल पनि बिरानो लाग्न थालिसक्यो

आज -आज भोली -भोली भन्दै भन्दै लकडाउनका दुई महिना पुग्ना थालिसके छन । संसारभर अहिले कोरोना भाइरसको संक्रमणको गति बुलेटको भन्दापनि तीव्र गतिमा छ । यहि अबस्थामा नेपाल पुगेको छ । हरदिन सामाजिक सञ्जाल र समाचारहरु हेर्छु अबस्था भयावह भएको पाउँछु । रोकथामका अनेक हत्कन्डाहरु सफल भएको जस्तो लाग्दैछ ।

कोरोना भाइरस (कोभिड १९ ) का कारण मृत्यु हुनेको संख्यामा कमि आएको छैन । यो लेख लेख्दासम्मा करिब आजको दिनसम्म विश्वभर मृत्यु हुनेको संख्या ३ लाख १४ हजार २ सय १५ पुगिसकेको छ । संक्रमित करिब साढे ४७ लाख नाघिसकेको छ । नेपालमा पनि दुई जनाले ज्यान गुमाई सकेका छन २ सय ९५ जना संक्रमित छन । अबस्था भयावह हुने देखिन्छ । महामारीले ल्याएको महाब्याधी मानव जातिकै लागि संकटपुर्ण अबस्थामा छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेका कारण ६ चैतदेखि देशभरका विद्यालय बन्द छन । पठनपाठन ठप्प छ । अत्यास लाग्दो बाताबरण बनेकाे  छ ।  यो अत्यास लाग्दो बाताबरणले निक्कै चिन्तीत बनाइरहेको छ । यस्तो लागिरहेछ अबत लामो समय देखिको लकडाउनले भबिश्यका सपनाहरु पनि लक गरिहेछ । 

म एउटा बिद्यार्थी भबिश्यको रेखा कोर्दै गरेकी बालिका हिजोआज स्कुल पनि बिरानो लाग्न थालिसकेको छ ।

लामो समय नगएर होला  स्कुल पनि बिरानो हुन थालकाे पनि ।  हुनत  दिनहरू जसरी पनि बित्ने रहेछन अहिले त बानि परिसकियो लकडाउन थपिदै जान थाल्याे लकडाउनका कारण हरेक किसिमका तरङ्गहरू पैदा हुन थालेका छन ।  जताततै सुनसान छ जेलभित्रका कैदि जस्तै काेठाभित्र कैदि भएर बित्दैछन दिनहरू रातहरू …..बित्दैछन  ।

यस्तै यस्तै अनुभुति हुन थालेकाे छ अचेल  यी मनका तरङ्गहरू छाल बनेर कुर्लिन थालेका छन । दिन त अनेक गरेर बितेकै छन । समय बित्न के लाग्थ्याे र बितिरहेकै छ । घर्किदाे समयसंगै तर आजभोलि स्कुलको यादले बढि सताउन थालेको छ । स्कुलका यादहरूसंग सायद भबिश्य जाेडिएकाे छ । 

हुनत अहिले धेरै कुरा बुझेकि छैन  बुझ्दैछु बिस्तारै बिस्तारै । राम्रोसँग थाहा छ त केवल आमा बुवा घर आगन गाउघर स्कुलको छाना बाहेक संसार के हो भन्ने कुरा अझै थाहा छैन । समस्या के हो समाधान के हो के थाह मलाई सधै बुवा आमासँग रोईकराई गरि बजारमा महङ्गो समान होस या सस्तो भोक लाग्दा होस या अरु रोईकराई गरि किनि माग्ने म अटेरि मान्छे यतिबेला भने निक्कै सोच्ने बनाएकाे छ  । याे लकडाउनले हामी जस्तै बिद्यार्थीहरूलाइ गम्भिर बनाएकाे छ । 

महसुस हुन थालेको छ समस्या के हो घरपरिवारमा हुने समस्या खाना नानादेखि दैनिक उपभोग्य सामानदेखि लिएर हरेक कुराको बाेध हुन थालेकाे छ ।  घरकि गृहणि ममिलाई कति तनाब हुनेरहेछ आफु नखायर पनि खुसि देख्ने मेरि ममि आज लकडाउनमा पनि केहिको कमि हुन दिनु भएको छैन । 

बिरामी हुदा पनि एक्लै रुने ममि कहिल्यै हाम्रो अगाडि बिरामी छु भन्नु भएन बाबा टाढा भएपनि तनाब हुन्छ भनेर बिरामी परेको बेला पनि सन्चै छु भनेर म्यासेज पठाउने मेरि ममि कति महान हुनुहुन्छ ।

त्यसैले त होला बाबाले सफल श्रीमती नभयर अभिभावक पाउनु भएको छ । यसैमा गर्भ छ मलाई लामो लकडाउनले यी सबै कुराहरु बुझ्ने अवसर पाएकि छु । हुन त आजको समस्याले नै संसार जलिरहेको छ। सिमित घेरामा संसार देखेकि छु , बास्तबिकता फरक रहेछ आजको दुनियाँमा बिज्ञान प्रबिधिमा चुनौती दिदै फैलिएको कोरोनाले भयावह होला भनेर सोचियकै थियन । कल्पना समेत गरेका थियनन मलाई अनुभुति हुन्थ्यो यो संसार सबैको दर्ता हो ।

धनी गरिब फरक हुन तर आज आयर धेरै कुरा फरक देखे जसरि चन्द्र सुर्य आकासमा एकनास तरिकाले समानता दियको छ । त्यसैगरी हामी पनि जोडिएका रहेछौ अनतर सम्बन्धित छौ समस्या एउटै रहेछ कोरोनाले यकै ठाउमा ल्याईदिय को छ सिङ्गो बिम्ब एकनास भएर प्रतिरोध गर्न परेको छ ।

यतिका दिन पुग्यो अब त स्कुल खुल्ला स्कुल जान पाईएला सोच्थे सम्भावना छैन । हिजो सपनाको मतलब नगर्ने म आज दिनहु स्कुलका साथिहरुसग पढेको लेखेको खेलेको सपना दिउसै देख्न थालीसके यसको निकास के हो साथिहरुसग कहिले स्वतन्त्र रुपमा स्कुल जान पाउने हो । नयाँ कलास लिन कहिले हो । खुलदुलि छट्पटी लाग्न थालेको छ ।

पहिला नियमित स्कुल चलेको बेला बिदा हुदा खुसि हुने मन आजभोलि अत्यास लाग्न लागि सक्यो । कतै स्कुल बिरानो हुने त हैन समस्याको समाधान हुदै गर्ला स्कुल संचालनको नयाँ विधि खोजि गर्न जरुरि छ ।

अन्तमा सरकारसंग मेरो एउटै अनुरोध छ हामी जस्तै लाखौँ  बिद्यार्थीहरूको शैक्षिक  भबिश्य जोखिममा छ । कोरोनासंगको लडाइ जारी नै छ यसमा हामी सबैको हातेमालो छदैछ । साथै अस्तब्यस्त शैक्षिक क्षेत्रलाई पनि नयाँ ढंगले पठनपाठनमा जोडन सकियो भने बिरानो लाग्न थालेको स्कुलको आँगन नजिक लाग्न थाल्थ्यो कि ?