ब्राजिलमा कोरोनाबाट १५ हजार ६३३ को मृत्यु

काठमाडौं, करीब साढे चार महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १५ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८१६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १५ हजार ६३३ पुगेको छ ।

एकै दिन १४ हजार ९१९ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २ लाख ३३ हजार १४२ पुगेको छ । १ लाख २७ हजार ८३७ जनाको उपचार भइरहेको छ भने ८९ हजार ६७२ जना संक्रमण मुक्त भएका छन् । उपचारारतमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।