जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, सरकारले मुलुकमा जारी लकडाउन १५ दिन थपेको छ।  मन्त्रिपरिषद्को केहीबेर अघि सम्पन्न बैठकले जेठ २० गतेसम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेको हो।

आइतबारै बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम समिति बैठककाे सिफारिसअनुसार सरकारले लकडाउन १५ दिन थप गरेकाे हाे।

सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यस्तै मुलुकमा काेराेना भाइरसका २ सय ९५ संक्रमित देखिएका छन् ।