अमेरिकामा ८९ हजारभन्दा बढीको मृत्यु , १५ लाख संक्रमण

काठमाडौं ,  कोरोना भाइरसको महामारीले अमेरिकामा ८९ हजारभन्दा बढीको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा थप १ हजार २७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८९ हजार ५३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २१ हजार ३९९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख ५ हजार ६८४ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३ लाख ३८ हजार ८६१ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ७७ हजार २८९ जनामध्ये १६ हजार २४७ जनाको अवस्था गम्भीर रहेको छ ।