बुख्याचो कम्युनिष्ट सरकारको विकल्प !

नेपालमा गंगालाल श्रेष्ठ देखि मोहन बैद्य ‘किरण’ सम्मको कम्युनिष्ट आन्दोलनका कालखण्डहरुमा विभिन्न प्रकारका धोका हुँदै आयका छन् । हजारौं हजार ज्ञात अज्ञात योध्दाहरुले प्राणको आहुती दिएका छन् । तर पनि मुक्तीकामी नेपाली जनताहरु निरन्तर परिवर्तन र संघर्षको पक्षमा विभिन्न मोर्चामा रहेर अविरल संगठीत हुँदै आएको कुरा अवगतै छ।

कहिले वन्दुक बोकेर नेपालका झाडीहरुमा लडाई लडेका छन् त कहिल्यै झण्डा बोकेर सडक र सरकार सम्म आन्दोलनको ताप दिएकै छन् । संसारमै कम्युनिष्ट आन्दोलन सरल नभए जस्तै नेपालमा पनि सात दशक वितिसक्दा पनि कुनै खास उपलब्धी भएको देखिदैन । यसो हुनुमा कम्युनिष्ट आन्दोलनका नाईकेहरुको कार्यकौशलतामा नै बढी दोष जाने हुन्छ ।

हुन त नेपालमा संसारै हल्लाउने खालको १० वर्षे जनयुध्द भएको हो । जतिबेला देशको ८५ प्रतिशत भुभागमा जनसत्ता लागु भईसकेको अवस्था थियो । त्यत्रो ठुलो उपलब्धीलाई पानीमा फालीदिनु ठुलै कमजोरीका रुपमा नेपाली जनताले विश्लेषण गर्ने गरेका छन् । यसबाट जनयुध्दका नाईकेहरुको सैद्धान्तिक द्वश रहेको कुरा अनुमान गरिएको छ।

हुन पनि अधिकार मागेर पाईदैन, खोसेर लिनुपर्छ भन्ने माओवादी सिद्वान्तको सदुपयोग नभई सामान्तवादी राज्यसत्ताका नाईकेहरुसँग विश्वास गर्ने जस्ता अवैज्ञानीक निर्णयका कारण जनयुध्दका उपलब्धीहरु बेमुल्य गुमाउनु परेको कुरा प्रमाणित भईसकेको छ । नेपाली जनयुध्द संघर्षबाट लाल भईसकेको अवस्थामा सैद्वान्तिक रुपमा निपुण नभएका कारण यसो हुन गयको हो ।

यो कम्युनिष्ट सरकार नभई कम्युनिष्टको बुख्याचो मात्र भएको प्रमाणित भएको छ । यसको विकल्प नै जनयुध्दको जगमा जनविद्रोहको वैज्ञानीक कार्यदिशामा लाम बद्दभई । यो दलाल पुँजीवादी संषदीय ब्यवस्थाको अन्त्य गरि युगान्तकारी नयाँ जनवादी स्थापना गरि त्यसको विकासको समाजवादी यात्रा पुरा गराई साम्यवाद सम्म पुग्नु हो ।

कमाण्डरहरुको वर्गस्रोत र उनीहरुको अवचेतन मनमा बसेको दास मनोवृत्ती र नोक्करशाही निम्न पुँजीपति चिन्तनका कारण निजि स्वार्थमा नेपाली जनयुध्द भासिन पुगेको कुरा प्रकाशमा आयको छ । अहिले सरकारमा पुगेका पुँजीपति पार्टीका प्रतिनिधि र कम्युनिष्ट पार्टीका प्रतिनिधिहरु जो भए पनि उनीहरुको एउटै लइय भनेको मर मेरो भन्ने बनाउनु र हामी र हाम्रो भन्नेलाई नष्ट गर्नु नै रहेको कुरा अध्ययनको विषय बनेको छ । देशका राष्ट्रिय कलकारखानाहरु निजीकरण हँदै गयका छन्।

पारवाहन र हवाई अड्डाहरुमा पनि निजी स्वार्थका लागि गिद्दे नजर गाडीदैछ । देशको भाग्य र भविश्य निर्माणका प्रमुख साधन श्रोतका रुपमा रहेका जल, जमीन, जंगल, पर्यटन र जडीबुटी जस्ता कुराहरु निजी स्वार्थका कारण दलालीकरण हुँदै गयका छन् । कहिल्यै अमेरीका , भारत त कहील्यै चिन सँग कौडीको भाउमा कुनै पनि निर्णय विना नै लैजालैजाउ लैजाउ मेरी माया चलेकै छ ।

कहिल्यै कोशी, कहिल्यै गण्डकी, त कहिल्यै कर्णाली, मस्र्याङ्गदी, सेती, भेरी गर्दै सबै जलश्रोतहरु कमिशनको भरमा कौडीको भाउमा बेचिएका छन् । देशको सीमा साँधहरु रातारात सारीयका सारियै छन् । देशको क्षेत्रफल पानीमा राखेको नुनको ढिक्का जस्तै विलाउँदै गईरहेको छ। पूर्व टिष्टा देखि पश्चिम काँकडा सम्म फैलियको ग्रेट नेपाल खुम्चीदै २,४९,१७१ वर्ग किलोमिटरबाट १,४७,१८१ वर्गकिलोमिटर हुँदै संघियता सम्म आईपुग्दा १,३७,५२० वर्गकिलोमिटरमा झरेको छ । यसले नेपालको संविधानमा उल्लेखित सार्वभौम, स्वतन्त्र र अखण्ड नेपाल भन्ने शब्दको खिल्ली उडायको छ ।

एकपटक मात्र सरकारमा पुगको ब्यक्तिको विदेशी बैंकमा खाता खुलेको हुन्छ । देश चुसेर विदेशी बैंक भर्ने नेपाली शासकहरुको नानी देखिको बानी हो । यहाँ राष्ट्रियता, स्वतन्त्रत, न्याय, सामाजिक्ता र विकासकोे कुरा गर्नेहरुको सास त के लाश पनि नभेटिने कुरा पूर्व घटित घटनाहरुले प्रमाणित गरिसकेका छन् । अन्याय, अत्याचार, शोषण र दमनको पराकाष्टा नै छ ।

विभिन्न समयमा जनताको नाममा कहिले नक्कली प्रजातन्त्र त कहिल्यै संघिय गणतन्त्र जस्ता सरकार बन्ने गरेका छन् । प्रत्येक सरकारले सर्वसाधारण जनताको हकहित र अधिकार सुनिश्चित गर्दै गाँस, बास, कपास, शिक्षा स्वास्थ्यको विकास गर्दै देशको सर्वाङ्गीण विकास गर्ने झाँसा दिई नै रहको पाईन्छ । कहिल्यै स्वीजरल्याण्ड जस्तो बनाउँने त कहिले पानी जहाँज ल्याउने, कहिल्यै रेलमार्ग त कहिल्यै घरघरमा ग्याँसलाईनका आकाशवेली आश्वासनहरु दिने बुख्याचा सरकारहरु चलेकै छन् ।

पुँजीवादी संषदीय ब्यवस्था मान्ने पार्टीहरुका नेता र कार्यकर्ताहरु खुले आम हाम्रो ब्यवस्था यही हो यो व्यवस्थाको प्रकृति यस्तै हो भन्दै श्रोत, साधन र अवसरमाथि सिन्डीकेट प्रणाली लगाउने कार्य गरिरहेकै छन् । यस्तो असामाजिक र गैरबराबरी तानासाहि कार्यको सर्वत्र विरोध भएकै छ । जडशुत्रवादी र सामान्ती शैलीले प्रहरी दमनबाट यस्ता विद्रोहहरुको दमन गरेकै छन् । सरकारी कार्यालयहरुमा नोक्करसाही कर्मचारी तन्त्र १०५ डिग्री तापक्रमको रापमा उम्लेको पानी झै नाङ्गो नाच देखाईरहेको स्थीति छ ।

यो देशको विक्रीति र विसंगतिका बारेमा भनिसकिने कुरा छैन । यस्ता क्रियाकलापहरुले सरकार पुरातन मनुवादी शैलिमा पश्चगामी दिशातिर धकेलिदै गएको कुरा सरकारको जनतामाथिको स्वेत आतंकले प्रमाणित गरिरहेको छ। २१ औं शताब्दीको विश्व ईलेक्ट्रानीक मिडीयाहरुको माध्यमबाट विश्वप्यापीकरण हुँदै आम जनसमुदायलाई अधिकार प्रत्यायोजन गर्दै आईरहेको अवस्थामा नेपाल भने बरबरताको युगतिर धकेलिदै गयको छ।

देशमा भएका तस्करी, कर छली, जम्मा खोरी, हत्या, बलात्कार, चोरी डकैती, भुमाफियाकरण, सुरक्षण मुद्रण, सीमा अतिक्रमन आदिका विरोध ग¥यो कि उसमाथी गोली वर्षाइन्छ । त्यो निर्मला हत्याकाण्ड जस्तो अमानविय कार्यको विरोध गर्ने १४ वर्षको युवकको हत्यालाई प्रतिनिधि उदाहरणको रुपमा लिन सकिन्छ । कति नक्कली प्रोपोगान्डाहरु मच्चीएका हुन्छन् । राशनी काण्ड, ललिता निवास जस्ता काण्डहरु अलि चर्चाबाट सेलायको त्यति समय वितेको छैन ।

हाल आयर लिपुलेक, लिम्पीयाधुरा र कालापानीको विषय विशेष चर्चामा आयको छ । यो विषय नौलो नभई सन १९६२ देखिको पुरानो हो । त्यो समयमा भारत र चिनको लडाईमा चिनीयाँ सेनासँग हारेर ब्याक भएको भारतीय सेना अस्थाई क्याम्प बनाएर बसेको अवस्था हो । पटक पटक जनता स्तरबाट विभिन्न आन्दोलन भएपनि सरकारबाट कुनै पहल कदमी भएको देखिदैन । वि.सं २०६५ सालमा भारत र चिन सरकारले उक्त भुभागलाई दुईदेशको ब्यापारीक केन्द्र बनाउने संझौता गरेको थियो ।

त्यतिबेला पनि विभिन्न दलहरुले आन्दोलन चर्काएको ईतिहाँस पाईन्छ । त्यस सम्बन्धमा सरकारले कुनै आधिकारीक धारणा नदिएको कारण यो मुद्दा नेपाली जनताको चरिपिलो जस्तै चहराईरहेकै अवस्थामा वि.सं.२०७७ बैशाख २७ गते सिपि भन्ज्याङ्ग, लिपु भन्ज्याङ्ग, सियाङ्गला, नाथुला हुँदै चिनको मानसरोवर जोड्ने बाटो बनाएर उद्घाटन गरेको विषय प्रकाशमा आयको छ ।

उक्त विषयलाई लियर अखिल क्रान्तिकारीको नेतृत्वमा संचालित विरोध प्रदर्शनलाई दवाउन बैशाख २७ गते २५ जना तिनकुनेबाट र २८ गते कोटेश्वरबाट १२ जनालाई प्रहरीले लाठिचार्ज गर्दै गिरफ्तार गरेको छ । विषय गम्भीर बन्दै गएको छ संसदमा पनि चर्को वहस चलेकै छ । यसबाट आजित सरकाले एउटा कुटनितिक नोट भारतीय राजदुतावासमा पठाएको भन्ने सामाचारमा आयको छ ।

वामपन्थी अवसरवाद, दक्षिणपन्थी संशोधनवाद, मध्यपन्थि सारसंग्रहवाद र वर्गसमन्वयवाद, छद्म अवसरवाद, यान्त्रीक भौतिकवाद र नोक्करसाही कर्मचारी तन्त्र आदी कुतत्वहरुको संगम रहेको संघिय गणतान्त्रिक सरकार नक्कली कम्युनिष्ट भएको कुरा पर्दाफास भएको छ । यो कम्युनिष्ट सरकार नभई कम्युनिष्टको बुख्याचो मात्र भएइको प्रमाणित भएको छ ।

यसको विकल्प नै जनयुध्दको जगमा जनविद्रोहको वैज्ञानीक कार्यदिशामा लाम बद्दभई । यो दलाल पुँजीवादी संषदीय ब्यवस्थाको अन्त्य गरि युगान्तकारी नयाँ जनवादी ब्यवस्थाको स्थापना गर्नु हो । उक्त जनवादी व्यवस्थाको विकासको समाजवादी यात्रा पुरा गराई साम्यवाद सम्म पुग्नु हो ।

अब नेपाली आमाको अस्थित्व रहने वा नरहने भन्न सवाल प्रमुख बनेको छ। राष्ट्रिय स्वाधिन्ता, भौगोलिक अखण्डता र जनताको जनजिविकाका सवालहरु पुरा गर्नका लागि यो नालायक सरकारको विकल्पको लागि अब नेपाली जनताले फेरी एउटा भयंकर लडाई लड्नुपर्ने देखिन्छ । अब नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)ले लियको जनयुध्दको जगमा जनविद्रोहको कार्यदिशा नै अन्तिम अग्रगामी विकल्पको रुपमा रहेको छ ।

यसै कार्यदिशाको आधारमा द्वन्दात्मक वैज्ञानीक भौतिकवादी सिद्वान्तलाई स्थापीत गर्दै आम श्रमजीवी सर्वहारा वर्गको अधिकार सुनिश्चितता खोज्नु पर्ने हुन्छ । मुख्य गरेर घरेलु प्रतिक्रियावादका रुपमा रहेका निम्न पुजीपति चिन्तन ग्रस्त दलाल नोक्करशाहहरुलाई विस्थापित गर्न सके मात्र देश पराधिन्ताको चङ्गुलबाट वाहिर निस्कनेछ ।