स्याङ्जाको दरौं खोलामा युवकको शव फेला

स्याङ्जा , स्याङजाको दरौं खोलामा एक युवाको शव भेटिएको छ। पुतलीबजार ११ बेलबास बस्ने ३३ वर्षीय ईश्वर जिटी दरौँ खोलाको किनारमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ।

शुक्रबार विहान खोलाको किनारमा युवाको शव देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए। घटनाको प्रारम्भिक अनुसन्धानबाट माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु जिटीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको जिप्रका स्याङजाका प्रमुख एसपी बिमलराज कडेँलले जानकारी दिए। शव नजिकै माछा मार्न प्रयोग गरिने सामाग्री भेटिएको छ।