सेनामा पनि छिर्‍यो कोरोना, दुई जनामा कोरोना संक्रमण

काठमाडौं,  नेपालमा पहिलोपल्ट नेपाली सेनामा पनि कोरोना संक्रमण छिरेको पुष्टि भएको छ । नेपाली सेनाका दुई जना सदस्यमा कोरोना भाइरस संक्रमण फेला परेको हो ।

शनिबार काभ्रेका २६ वर्षीय पुरुष र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । उनीहरु दुवै जना नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय धनुषामा कार्यरत रहेको पाइएको छ ।

दुवै जनामा कोरोना पुष्टि भएको खबर आएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् । ‘कोरोना पुष्टि भएका दुई जना हाम्रै संगनका भएको पुष्टि भएको छ, उनीहरु दुवै जनालाई सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा ल्याइँदैछ’, प्रवक्ता पाण्डेले भने ।