भारतको उत्तर प्रदेशमा ट्रकको ठक्करबाट २४ मजदुरको मृत्यु

भारतको उत्तर प्रदेशस्थित औरैया जिल्लामा दुईवटा ट्रकले ठक्कर दिँदा २४ जना मजदुरको मृत्यु भएको छ। घटनामा थुप्रै मजदुर घाइते भएका छन्।

बीबीसीका अनुसार मजदुरहरु राजस्थानबाट आइरहेका थिए। उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले तत्काल घटनास्थल पुगेर निरीक्षण गरी पीडितलाई राहत दिन अधिकारीहरुलाई निर्देशन दिएका छन्। मृत्यु हुने धेरैजसो मजदुर बिहार, झारखण्ड तथा पश्चिम बंगालका छन्।