थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ७३

काठमाडौं, शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दिया नार्खु -११ की २८ वर्षीया महिला, सिरहा सखुवा १९ का ३० वर्षीय पुरुष तथा पर्साकाे वीरगन्ज- १२ का २८ र २९ वर्षका २ पुरुषमा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे हाे।

यसैगरी सर्लाही रामनगर ४ की १८ वर्षीया महिला र चितवन गडौली १ की २५ वर्षीया महिला पनि काेराेना संक्रमण देखिएकाे छ। योसमेत नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ पुगेको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हालसम्म ३६ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।