साढे २ बजे मन्त्रिपरिषद् बैठक

काठमाडौं- सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपूर्व आज दिउँसो साढे २ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ।

नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पास भएपछि संसद्मा पेस गरिन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आजै संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।