सरकारले ‘मिचिएको भूमि समेटेर नयाँ नक्सा जारी गर्ने

काठमाडौं, सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्सा जारी गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यो कुरा उल्लेख गरिएको छ ।

“लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो,” नीति तथा कार्यक्रममा उल्लेख छ, “त्यसलाई प्राप्त गर्न कूटनीतिक पहल गरिनेछ । छुटेको भूमिसमेत समावेश गरेर नेपालको नक्सा जारी गरिने छ ।”