अब देशभर एकीकृत एम्बुलेन्स सेवा उपलब्ध गराइने

काठमाडाैँ, देशभर एकीकृत एम्बुलेन्स सेवा उपलब्ध गराइने भएको छ । तीन अंकको नम्बरमा देशभर एम्बुलेन्स सेवा उपलब्ध गराइने घोषणा राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेकी छिन् । प्रत्येक प्रदेशमा पाँच सय शय्याको अस्पताल निर्माण तथा विस्तार गरिनेसमेत घोषणा उनले गरेकी छिन् ।

त्यस्तैगरी स्याटेलाइट अस्पतालको सुविधासमेत मिलाइनेछ भने रोगको रोकथाम तथा नियन्त्रणका राष्ट्रिय रोग नियन्त्रण केन्द्र नेपाल स्थापना गरिनेछ ।

कोभिड– १९ जस्ता संक्रामक रोगको उपचार कार्यका लागि अत्याधुनिक प्रयोगशालासहित केन्द्रमा तीन सय र प्रदेशमा एक सय–एक सय शय्याको सुविधासम्पन्न सरुवा रोग अस्पताल स्थापना गरिने भएको छ । वीरेन्द्र शैनिक अस्पताललाई आपतकालीन अस्पतालको रूपमा विकास गरिने भएको छ ।