चीनसँग सम्बन्ध तोड्ने अमेरिकाको धम्की

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने धम्की दिएका छन । अमेरिका र चीनसँगको सम्बन्ध चिसिदै जाँदा राष्ट्रपति ट्रम्पले चीनसँग आक्राम शैलीमा प्रस्तुत भएका हुन ।

एउटा अन्तरावार्ताको क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकाले चाहेपछि चीनसँगको सबै सम्बन्ध तोडन सक्छ । सम्बन्ध तोडदा अमेरिकाको पाँच सय अर्ब लडर बच्ने उनको भनाइ छ ।

चीनसँगको द्विपक्षीय व्यापारमा अमेरिकाले बेहारेको ठूलो घाटाप्रति संकेत गर्दै उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा आफुलाई राम्रो देखाउन ट्रम्पको चीन विरोधी अभिब्यक्ति आएको अनुमान गरिएको छ । कोरोना महामारीको विषयलाई लिएर राष्ट्रपति ट्रम्पले चीन विरुद्ध कडा अभिव्यक्ति दिदै आइरहेको छन ।