किन बोलाइएनन् नीति तथा कार्यक्रममा विशिष्ट व्यक्तित्व ?

काठमाडौं, कोरोना भाइरस संक्रमण जोखिमका कारण यसपल्ट सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद्को संयुक्त बैठकमा कूटनीतिक नियोग लगायतका विभिन्न विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको छैन।

भाैतिक दूरी कायम गर्नुपर्ने भएकाले उनीहरुलाई आमन्त्रण नगरिएको संसद् सचिवालयका कर्मचारीले जानकारी दिएका छन्।  बैठकमा  सांसदबाहेक २९ जना विशिष्ट व्यक्तित्व मात्र आमन्त्रित छन्। त्यस्तै कतिपय सांसदलाई बाल्कोनीमा राख्ने व्यवस्था गरिएको बताइएको छ।