आगामी वर्षदेखि स्वदेशमै फलाम उत्पादन गरिने

काठमाडौं- सरकारले आगामी वर्षदेखि नवलपरासीमा रहेको फलाम उद्योगबाट फलाम उत्पादन गर्ने भएको छ। सरकारको नीति तथा कार्यक्रममा फलाम उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माण गरिने उल्लेख छ।

यस्तै दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण कार्य गरिने र वातावरणीयजन्य क्षेत्रमा क्षति नहुने गरी खानीजन्य उद्योगलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।