अब ७० वर्ष माथिका नागरिकलाई घरमै स्वास्थ्य सेवा

काठमाडौं । सरकारले स्थानीय स्वास्थ्य संस्थाबाट ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरमै गएर स्वास्थ्य सेवा प्रदान गरिने भएको छ ।

संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय स्वास्थ्य संस्थाबाट ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरमै गएर स्वास्थ्य सेवा प्रदान गर्ने बताएकी हुन् ।