लकडाउन कडाई, ७७ वटै जिल्ला प्रशासनले जारी गरेका पास खारेज

काठमाडौं-, गृह मन्त्रालयले सवारी आवागमनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट जारी सबै पास खारेज गरेको छ। जेठ ३ गतेदेखि लागू हुने गरी सम्बन्धित जिल्लाभित्र र बाहिर आवागमन गर्न दिइएका सवारी पास खारेज गरिएको मन्त्रालयले जनाएको छ।
अबदेखि गृह मन्त्रालयको अनुमतिमा मात्रै पास दिइनेछ।

यस्तै एउटा जिल्लाबाट अर्को जिल्लामा जाने पास पनि खारेज गरिएको मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए। उनले जिल्लाभित्रै एक ठाउँबाट अर्को ठाउँमा जान मिल्ने गरी दिइएका पास शनिबारदेखि लागू हुने गरी खारेज गरिएको बताए। उनका अनुसार याे नियम काठमाडाैं उपत्यकाकाे हकमा पनि लागू हुनेछ।

सञ्चाकर्मीले भने सूचना विभागबाट जारी पास लिएर आवागमन गर्न पाउनेछन्। काठमाडाैं उपत्यकामा पनि काेराेना भाइरस संक्रमण देखिन थालेपछि लकडाउन थप कडा गर्न यस्ताे निर्णय लिइएकाे बताइएकाे छ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मन्त्रालयले आवतजावतमा कडाई गरेको हो । नेपालमा अहिलेसम्म २४६ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ । जसमध्ये ३५ जना भने निको भएका छन् । अन्यको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।