क्वारेन्टिनमा बस्न नमान्ने अमेरिकी पाइलटलाई जेल सजाय

क्वारेन्टिनमा बस्न नमानेको भन्दै सिंगापुरमा एक अमेरिकी पाइलटलाई चार हप्ताको जेल सजाय सुनाइएको छ। पार्सल तथा कुरियर कम्पनी फेडेक्सका ४४ वर्षीय ती विमान चालक अप्रिल पहिलो साता अस्ट्रेलियाबाट सिंगापुर पुगेका थिए।

उनलाई विमानस्थल परिसरकै होटलमा रहन निर्देशन दिइएको थियो तर उनी रेल चढेर सहरको केन्द्रीय इलाकामा रहेका केही पसलमा पुगेका थिए।

सिंगापुरमा बुधबार कोरोना भाइरसका ६७५ नयाँ संक्रमित भेटिएका छन् भने कुल संक्रमितको संख्या २५ हजार पुगेको छ। यो संख्या दक्षिण पूर्वी एसियामा सबैभन्दा बढी हो।

धेरैजसो संक्रमित प्रवासी कामदार छन्। सिंगापुरमा अहिलेसम्म २१ जनाको मृत्यु भएको छ।

बीबीसी