उ एक दर्शक हो !

जस्तोसुकै ठाउँमा, जस्तोसुकै परिस्थितिमा, जस्तोसुकै समयमा दर्शकको एउटा मुल धर्म हो आफ्नो अगाडिको दृश्यलाई टुलुटुलु हेर्नू । उदाहरणका लागि एउटा रङ्गमंचको दर्शक जस्ले नाटकका हरेक उतारचढावलाई टुलुटुलु हेर्नू ।त्यसैगरी एउटा सिनेमा हेर्न गएको दर्शक बढिमा के गर्न सक्छ चाहे पर्दामा कुनै नारिलाई कुनै भिलेनले बलात्कार गर्न खोज्दा पनि टुलुटुलु हेर्नू बाहेक ?

त्यसैगरी खेल मैदानमा खेल हेर्न गएको दर्शकले के गर्न सक्छ ? आफ्नो समर्थनको टिम बिजोक हुने गरि हारेपनी ।त्यसैले दर्शकको काम हो हेर्नू त्यो पनि टुलुटुलु ।

त्यसैगरी दर्शकको धर्म निभाउने मध्य एक हो नेपाल सरकार । यो सरकार निकै भद्र दर्शक हो । यो सम्बोधन मैले कुनै बिचार नै न गरि तेत्तिकै दिएको होइन । विभिन्न कोणबाट बिचार र बिमर्श पश्चात् नेपाल सरकारलाई एक भद्र दर्शकको सम्बोधन दिन मन लागेको हो ।यसका विभिन्न आधारहरु छन । हामिले तिनिलाइ नियाल्न सक्छौ ।

नेपालको इतिहासमा सबैभन्दा धेरै म रास्ट्रवादी हुँ भन्दै कुर्लिएका ब्याक्ती अर्थात के पि शर्मा ओलि, सरकारको नेतृत्व गरिराख्नु भएको छ ।सरकार पनि इतिहासकै सबैभन्दा बलियो र लामो आयु रहेको कुरा भनिरहनु पर्दैन ।

यो जगजाहेर नै छ । तर अहिलेको अवस्थामा नेपाली जनता छक्क परिरहेका छन । किन भने रास्ट्रभक्त कहलिएका केपि ओलिले जनतालाइ माछो माछो भ्यागुत्तो बनाइदिएक छन । आखिर किन यस्तो भैराखेको छ जनता अचम्मित छन ।

यहि सरकार कंचनपुर कि बालिका निर्मला पन्तको बलात्कारको दर्शक बन्यो र अझै बनिरहेको पनि छ ।यहि सरकारको पालामा खै कस्ले ३३ किलो सुन कस्ले कप्लक्कै खाइदियो त्याको पनि दर्शक बन्यो सरकार । यहि सरकारको पालामा एयरपोर्टमा हाकाहाकी सुन तामामा परिणत भयो सरकार हेरेर बस्यो ।यहि सरकारको पलामा वाइडबडी कस्ले खायो ? सरकार हेरेर बस्यो ।

यहि सरकारका मन्त्रीले गरेको ७० करोडको डिलिङ सरकार मजाले सुनेर बस्यो सुन्यो मात्र हैन काखी नै च्यापेको छ ।mअअ मा मुख मिठ्याएर बसेको छ यहि सरकार ।

यति सम्म त जनताले कमै बोले कमै लेखे । तर जब कोरोनाको कहरको बेला , जनता भोकले मरेको बेला , सिमाना मा जनता रोइरहेको बेला , बिदेशमा जनता गुहार मागिरहेको बेला प्रम केपि ओलिले आफ्नो दरबारमा समृद्धिको कबिता कोरेर बसे अनि बेमौसमी बाजा बजाएर नाच्ने मान्छे रौतहटबाट अपहरण गरि ल्याउन लगाइ बक्स्यो अनि हद भयो ।

यी त भए देश भित्रका कुरा तर अब हामिले कसरि सहने जब छिमेकि मुलुकले यो देशको सिमाना मिच्ने मात्रै होइन त्या सडक बनाएर गाडी गुडाउन सुरु गर्यो र रास्ट्रवादी कहलिएको सरकार दर्शक बनेर हेरिरहेको छ । सिमानाको सवालमा यो सरकार मात्र होइन यो भन्दा अगाडिका सरकार पनि दर्शक नै रहे । तर केपि ओलि त आफुलाइ सबभन्दा ठूलो रास्ट्रबादी नेता कहलिएका हुन नि ।

खोइ आफ्नो आमाको छाती माथी कसैले लात्ती बजार्दा त्यो खुट्टा छिनाउन सकेको रुरुके भारतले रातारात गाडी चलाउने बाटो खनेको हो रुकता सुतेको थियो सरकार रुकेही महिना अगाडि मात्र भारतले नेपालको भुमी आफ्नो नक्सामा समेट्दा किन दर्शक बन्यो सरकार ?त्यसैगरि केही महिना अगाडिमात्र यहि सरकारका रक्षा मन्त्री त्यही मिचिएको भु- भाग निरीक्षण गरेर आएका हुन कि सिमाना मिचिएको टुलुटुलु हेरेर फर्किएका हुन ?  अथवा भनौ दर्शक बनेर फर्किएका हुन ?   के रक्षा मन्त्री मामा घर गएर आएका हुन कि हेलिकप्टर चड्न रहर लागेर घुम्न गएका हुन ?  प्रगती के भयो जनताले जान्न पर्दैन ? 

तेसैले अबदेखी म नेपाल सरकारलाई सरकार हैन दर्शक भनी सम्बोधन गर्ने छु ।किन कि उ एक दर्शक हो ! केबल दर्शक ।

एक आम विद्यार्थी