सरकार ! मौसमी राष्ट्रवादले राष्ट्रको अस्मिता बचाउन सक्छ त ?

दुनियाँका शक्ति राष्ट्रहरुको सार्बभौमसत्ता महान हुने हाम्रा बिकास उन्मुख राष्ट्रको सार्बभौम सत्ता महान नहुने कहीं हुन्छ ? हामीलाई हाम्रो स्वाभिमान हाम्रै सार्बभौमिक्ता महान लाग्छ । दुनियाँमा हाम्रो पहिचान स्वतन्त्र स्वाधीन स्वाभिमानी छ । हामीलाई त्यहि चाहिन्छ ॠणि सम्पन्नता भन्दा गरिब स्वाधीनता र स्वतन्त्रता हाम्रोलागी प्यारो छ सरकार ।

हाम्रो पुस्तालाई जिबन्त भोगाई लामो नहोला तर पुर्खाको इतिहासका पानाहरु पढ्दा र नेपाललाई रचना गर्ने र बैरिका तोप गोलिसँग पुर्खाले छाती थापेर बचाइदेको बर्तमान आधुनिक नेपाल पनि रातदिन साँघुरिदै जान थाल्यो त्यो चिन्ता र मेरो मनमा गुम्सेका दुखद कुरा मेरो देशको सरकालाई अबगत गराउने कोसिस गरेको छु।

सरकार मैले पढेको इतिहास गलत हो भने मलाई आजैदेखि पागल नेपाली नागरिकको सुचिमा सुचिकृत गरियोस ।  होइन भने सरकारले नेपाली पुर्खाको बिरताको गाथा बर्तमानको बेथिति र भबिष्यको नेपाल र नेपाली इतिहासको बारेमा गम्भीर बन्नु पर्ने होइन र ?

पृथ्वीनारायण शाहले थालेको एकीकरण अभियान बहादुर शाह अमर सिंह थापा भक्ती थापाहरुले टृष्टादेखि कागडासम्म विशाल बनाए पछि बेलायती बैरिले हाम्रो देशमा आँखा गाडेर देश लुट्न युद्धको धावा बोल्दा बैरिका हतियारले सुसज्जित बिशाल फौजसग हाम्रा पुर्खाले बृद्भ  बालक सुत्केरी बिरङ्गना नारीहरुलाइ साथमा लिएर जननी जन्मभूमि प्राणभन्दा प्यारो हुन्छ भन्दै हाम्रो देशको सिमानामा देशको एक इन्च माटोलाई बचाउन भाला तरबार नाङ्गा खुकुरी नचाउदै छातीमा दुश्मनका तोप गोलिहरु निस्वार्थ छातीमा थापेर वीर भक्ती थापा लगायत हजारौं पुर्खाले रगतको खोलो बगाएर बचाइदेको भुमी हो ।

भनेर इतिहासमा मलाई मेरा इतिहासका गुरुहरुले पढाएका हुन  । सरकार कि यो मैले पढेको इतिहास गलत हो भन्नू पर्‍यो कि त हजुरहरु सरकार चलाउने पात्रहरू ती बिर पुर्खाका सन्तति होइनौं भन्न सक्नु पर्‍यो । मेरा यक्ष प्रश्नको उत्तर अनिवार्य लाखौं नेपाल आमाका सन्तानहरुले खोजिरहेका छन । मैले तपाईंहरुले लेखेका दस्तावेजका पाइ पाइ कण्ठ गरेको छु । राष्ट्रियता सार्बभौमसत्ता भौगोलिक अखण्डता प्रजातन्त्र जनजिबिका गणतन्त्रको ब्याख्या दुर्भाग्य भन्नुपर्छ लाखौं नेपाल आमाको सन्तानहरुलाइ पत्यार लाग्न छोडिसक्यो आजभोलि मेरो देशको सरकारका गतिविधि हेर्दा पट्यारपो लाग्छ।

मैले पढेको छु सुगौली सन्धिको दिन नेपालको सिमाना टिष्ट्रा र कागडाबाट खुम्चाएर पुर्बमा मेची र पश्चिममा महाकालीसम्म कायम रहने गरी इष्ट ईन्डिया कम्पनी सरकार र नेपालक्क तर्फबाट राजगुरु गजराज मिश्र र चन्द्र सेखर उपाध्यले मौलमा हस्ताक्षर गर्दा गुमेको भूगोलतिर हेर्दै अमर सिंह थापा बलभद्र कुवरहरुले गुवा गुवा डाको छोडेर छाती पिटेर रोएको छेन थियो रे । भिमसेन थापाले सम्झाउदै युद्ध रोकिएको होईन ।

जाइ जटक या झिल्ली कटक त्यसता महापुरुषका जन्मदाता नेपाल आमा र तिनकै सन्तान तपाईंहरु सरकार चलाउने ब्यक्ति र तपाइहरुले शासन गरेको भुमि र हामी सासित जनताहरु पुर्खाको दुख र बिरताको गाथा बोकेको देश बर्तमानमा किन रातदिन देशको सिमा मिचिरहेको टुलुटुलु हेरेर किन किनाराका फड्के साक्षी बनिरहेका छौ बिषय गम्भीर छ प्रश्न उठिरहेको छ।

हामी जान्दछौ भारत र चीन हाम्रा छिमेकी हुन मालिक कदापी होईन र हुनपनी सक्तैनन इतिहास खोतल्न थाल्ने हो । भने यी दुई छिमेकी देशहरूले हाम्री भृकुटी र सिताको कोख र रगतले सृजेकापनि छ्न । बिडम्बना हाम्रो देशले किन अपमानित खेप्नुपरेको छ ।  त्यो रहस्यमय छ । के हामी गरिब भएर हो ? त्यो पनि होइन । के हाम्रो देश सानो भएर हो ?  त्यो पनि होइन । के हामी हाम्रो देश यी दुई देशको बीचमा रहेर हो ? होइन होत केबल हाम्रा आन्तरिक कलह झगडा पिता पुर्खाको उपदेश भुल्नु होला सायद प्रश्न उठिरहेको छ ।

सरकार भन्छ निरंकुश शासनले नेपाली जनताले धेरै दुःख पायो बिडम्बना त्यहीँ राणा जङ्ग बहादुरले गाडेको जङ्गे पिलरको भरमा नेपाल आमाको अस्मिता बचेको छ । अब कसलाई गाली गर्ने के नेपाल आमाको अस्मिता र सुरक्षा अझैपनी जङ्गे पिलरले मात्रै गर्ने जिम्मामा छोडेर हुन्छ । पौने दुइसय बर्ष पुराना इट्टा र सिमेन्टको बलमा ती पिलरहरुले जमीन बचाउछ चटकी र भाषणले हामी नेपाली रहिरहन सक्छौ सक्तैनौ मुटु कापिरहेको छ ।

भारतले सिमा अतिक्रमण गर्‍यो भनेर भन्नुभन्दा भारतलाई सिमा अतिक्रम किन गर्न दिएको हो । अब उत्तर सरकारले अनिवार्य दिनुपर्छ छिमेकी राष्ट्रले हाम्रो सार्बभौमसत्ता स्वतन्त्रता माथी बारम्बार हस्तक्षेप किन गर्‍यो भन्नू भन्दा हामीले बारम्बार हस्तक्षेप किन गर्न दियौं भन्ने कुराको बहस र सोचाइमा ध्यानाकर्षण हुनुपर्छ ।

कालापानीमा भारतिय सेना किन बस्यो त्यसको उत्तर किन बस्न दिएको भन्नुपर्छ । भारतले कालापानी लिपुलेकहुँदै मानसरोवरसम्मको बाटो उद्घाटन किन गर्‍यो भनेर हामीले प्रश्न सोध्ने छैनौं किन उद्घाटन गर्न दिएको हो भन्नेतिर हुन्छ । सत्तामा नपुग्दासम्म सार्बभौमसत्ता राष्ट्रिय अखण्डता स्वतन्त्रता स्वाधीनताको नाराबाजी गरेर सस्तो लोकप्रियता बटुल्ने सत्तामा पुगेपछि हैकमवादी त्यहीँ राष्ट्रको जमीन मिच्दै आएको सासकसँग चाकरी ज्यु हजुर गरेर पाइपाइ राष्ट्रको जल जमीन जडिबुटी लगायतका राष्ट्रिय महत्वका महत्वोपुर्ण सम्पत्ति सुम्पेर त्यहीँ सासकको आडमा कुर्सिको सौदाबाजी गरेको थुप्रै इतिहास छन ।

कालापानी विवाद अहिलेको नयाँ होइन नयाँ के हो भने कालापानी लिम्पियाधुरा लिपुलेकमा भारतियले गरेको हस्तक्षेप अहिलेसम्म किन चुपचापले बसेको हो भन्ने हो । यहाँनेर नेपाल सरकारले उत्तर अनिवार्य दिनैपर्छ जति पनि सरकार बदलिय नयाँ बन्ने सरकारले पुरानो सरकारलाई सबै दोस थुपारेर चोखिने घृणित प्रचलनको बिकास भएको छ। सरकार हामीले सुनिरहेका छौ कतिपय त्यस्ता मिडिया र प्रायोजित पात्रहरूको मुखबाट कालापानी राजा महेन्द्रले त्यतिबेलै भारतलाई सुम्पेको हो रे यस्ता घृणित र गैरजिम्मेवारी भारत परस्त अभिव्यक्ति दिएर दिन लगाएर उम्कने अधिकार कसैलाई छुट छैन ।

आफूलाई जन्मदिने आमा जन्मेको दिन आफ्नो नाभि गाडिएको जमीन जत्तिको प्यारो आफ्नो सुख हुदैन मातृभुमी आमा सरह हुन्छ । कसैले तलाइ सुनको सिंह आसनमा बसाली दिउला म त्यो आमालाई हुर्मत लिन्छु भन्छ भने त्यो कुन स्वाभिमानी महापुरुषलाइ सहिय हुन्छ ?  त्यसैले हामीले सरकार राष्ट्रको चौकिदार गर्न र जनताको सेवागर्न निर्माण गरेका हौ ।

जनताको मालिक बन्न र साम्राज्यशत्रु राष्ट्रको दास बन्न निर्माण गरेको होइन । राष्ट्रको स्वाभिमान सार्बभौमसत्ता भौगोलिक अखण्डता जनताको अधिकारको ग्यारेन्टी अनिवार्य गर्नुपर्छ । राष्ट्रिय संकट कुनै प्रतिपक्षी पुराना राजा महाराजलाई थोपर्ने नकाम चरीत्र बन्दहुनुपर्छ। कालापानी समस्या जतिजति पेचिलो बन्दै जादैछ । 

त्यतिकै हाम्रा आधार प्रमान कतिसम्म तयार पार्न सकियो त्यो महत्त्वपूर्ण कुरा हुन्छ । राष्ट्रको जमिन सम्बन्धि जिम्मेवार मन्त्री जस्तो पदमा बस्नेहरूले कतिबेला सडक बनायो मलाई थाहा छैन भन्नू नेपालको नक्सामा लिम्पियाधुरा छैन ।  भन्ने जस्ता अराष्टृय भाषा बोल्ने मन्त्री भएको देशको सरकारको कत्तिको बलियो छ राष्ट्र र राष्ट्रिय स्वाधीनता स्वतन्त्रता प्रश्न चिन्ह उब्जाएको छ ।

हामीले कतिपटक दिनुपर्ने हो भोट मौसमी राष्ट्रबादको घामले ट्ल्किनेहरुलाइ आज लिम्पियाधुरा कालापानी लिपुलेकको पिडादाइ समस्या छदैछ सुस्तापनित छातिपिटेर कराइ रहेको सुनिरहेका छौ । दस गजाका जङ्गे पिलरहरु हराइरहेका छन  । राती नेपाल सुतेका नेपाली नागरिक बिहान् बिहान भारतको परिचयपत्र रासन कार्ड समातेर रुदै कराउदै मन नलागी नलागी भारती बन्न बिबस छन । भारतीय नागरिक र पुलिसबाट नेपाली भुमिमा आएर चरम ज्याजती लुटपाट बलात्कार हुन्छन् । यो किन भएको हो भनेर भन्नेदिन गए सरकार त्यस्ता घृणित हर्कत किन गर्न दिएको के नेपालको सरकार भारतको दास र भारत मालिक हो ।

बिपि कोइरालालाई प्रजातान्त्रिक नेता भनेर मात्रै चिनिदैन सगरमाथा र अठार स्थानका चिनले हक गरेको बुकि खर्क नेपालको बनाउने काम गर्नु भयो । आज बिपिको नाम सबैले प्यारो मान्छन । राष्ट्रबादको चर्को नारा लाएर नेपाल आमाको अश्रुधारा दूध सर्पले चुसेको हेरेर बस्ने राष्ट्रवाद स्यालले मासुको लागि फ्यारोको स्वरमा करायको जस्तै हो ।

मौसमी राष्ट्रबाद्ले देशको सार्बभौमसत्ता थप अरु खतरामा पर्छ । त्यसैले हाम्रो देश महान देख्छौ भारत चीन अमेरिकाले आफ्नो देश मान्लान बिकास समृद्धि आर्थिक सैनिक रूपमा बलिया देशको सार्बभौमसत्ता बलियो हुने साना देशहरूको सार्बभौमसत्ता स्वतन्त्रता कम्जोर हुने भन्ने हुदैन । कमजोरी सोच्ने चिन्तन र गलत प्रवृत्तिबाट उत्पन्न हुने कुरा हो। बिगतदेखी हाम्रो सरकारले हामी साना छौ उनीहरु ठुला हुन भन्ने दरिद्र मानसिकता प्रस्तुत गर्दै आएकोले यो अबस्थामा नेपाल आमाका सन्तानले दुखी बनेर बस्नुपर्‍यो।  राष्ट्रबादको झिल्के कुराले राष्ट्रियताको सुरक्षा हुन सक्तैन ।

सरकार क्या राष्ट्रवाद नेपाली जनताहरु लाखौं बिदेशी भुमिमा अलपत्र छन । बिदेशीले घर कम्पनी बाट बाहिर निकालेर सडकमा स्वदेश फर्कन पाउ भनेर रोइ कराइ रहेका छन ।  जिबनको प्रबाह नगरी महाकालीको भेलमा हाम फालेर देशको माटोमा टेक्दैछन सरकार तिमी भन्दैछौ अहिले हामीले बिदेशी भुमिम रहेका नेपाली ल्याउन सक्तैनौ भन्दै कुर्सिकोलागी निन्दनीय खेलमा लिप्त छौ यस्ता बेसुरो राष्ट्रियताको ढवाङ्ग कतिदिन सुनौ सरकार ।

बिश्वकै पहिलो घटना हो । बिदेशी नागरिकले पुलिसमाथी हातपात गरेको त्योपनी नेपालकै प्रहरीलाई सम्झदा लाग्छ हाम्रो देशको सरकार रिमोट कन्ट्रोलबाट चल्ने वद्युतिय रोबर्ट हो । या टेलि शृङ्खला यो देखेर कति सहनसकिन्छ बुइतिहाइको दम्ब र घमण्डले कतिसम्म पतनको ढोकामा पुग्यो । मतपत्रको बाकसबाट पुगेको दुइतिहाइ सडकको मानव महासागरको भेलले बगाउँदा कहिलेकाही चिनखुर पाइन्छ पाइदैन हेक्का होलार सरकार कुनैदिन राणाहरु निरबिकल्प सासक ठान्थे त्यो खोजेर पाउछर सरकार ।