“चिर परिचित”

लघुकथा

कोरनाको त्रास फैलिए संगै लामो लकडाउनले घरमै बसिरहदा श्रीमतिसंग ठाक ठुक परेको तीन दिन भएको थियोे।म प्राय मोवाईलमै गजल लेखेर बसिरहेको हुन्थे!

त्सदिन साँझ मोवाईल खोल्ने बित्तिकै म्यासेन्जरमा आएका म्यासेज मध्ये एउटा म्यासेजले मेरो ध्यान तान्यो।लेखिएको थियो ” हजुरको गजलमा हुने शब्द संयोजन, भाव,कलात्मकताले म मोहित भएकी छु”। यस्ता तारिफहरु प्राय म स्टेचका दौडधुपमा खुब पाउँथे। आजभोलीको बन्दाबन्दिले मेरा प्रिय मनहरुवाट टाढिएको थिएँ।त्यो प्रोफाईल खोलेर हेरे एक महिना अघि देखि फ्रेन्ड रिक्वयस्ट पेन्डीङ रहेछ।एसेप्ट गरेर म्यासेज रिप्लाई गरे, धन्यवाद !

कुरो यतिम‌ै सिमित रहेन,उसले लगातार म्यासेजको वर्षा गर्न थाली,बडो भावुक रोमान्चकता र सत्यताका भान हुने खालका थिए ती म्यासेजहरु, साममन्य परिचय भएको तेस्रो दिन गुलावी रङ्को कुर्तामा सजिएको १८/२० बर्ष जति उमेरको फोटो पठाएर सोधि ” मन पर्यो” मैले उम” भने।उसले भने प्रेमको प्रस्ताव सम्म राख्न भ्याईसकेकी थिई।मैले सिधै ईग्नोर गरे ।

म विवाहित पुरुष हुँ, सम्भव छैन । उसले “अँ थाह छ” भनि मेरो आश्चर्यको सिमा बढ्दै थियो। कतै यो फेक आईडी हो कि ? अहँ उसका तस्विर,शब्दले होईन भन्दै थियोे।

मेरो जिद्दिले पसल खोल्न तोकिएको समय पारेर चोकमा भेट्न बोलाएँ र त्यहिँ कुरा गर्ने सर्त राखे। जानै लाग्दा कहाँ जाने भनेर हप्तादिन नवोलेकी श्रीमतिले सोधिन। म तल चोक सम्म गएर आउँछु । श्रीमती कोठाभित्र छिरिन।

यत्तिकैमा त्यहि केटिको म्यासेन्जर भिडियो कल आयो । यश अघि च्याटमा मात्रै हाम्रो कुरा भएको थियोे । कल उठाएँ। मनमनै विचार गरे प्लान महिनौ अघिको रहेछ,कनकी भिडियोमा अनुहार चिरपरिचित श्रीमती ज्युकै थियोे ।

सुर्खेत