मलेसियामा थप ३४ जना नेपालीमा कोरोना संक्रमण

काठमाडौं, मलेसियामा रहेका थप ३४ जना नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । मलेसियाको नेपाली दूतावासका जनसम्पर्क अधिकृत टेकबहादुर बुढाका अनुसार मलेसियामा थप ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको हो ।

यससँगै मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ५४ पुगेको छ । हालसम्म मलेसियामा ३ जना कोरोना संक्रमित नेपाली उपचारपछि निको भइसकेकाम छन् भने अन्यको उपचार भइरहेको जनाइएको छ ।

मलेसियामा हालसम्म कोरोनाको संक्रमणबाट १ सय ८ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ६ हजार ६ सय ५६ पुगेको छ ।