दास राजपाठको राजनीति र जनप्रतिरोधको अनिवार्यता

मरेकाहरुबाट बाचेकाहरुले पाठ नसिके बाँचेका पनी मरेका सरह हुन्छन् । -होचिमिन्ह

यहाँनेर नेपालीले गम्भीरतापुर्बक सोच्नुपर्ने के हो भने तलाई सुनको सिहासनमा राखिदिन्छु तिम्रो आमासँग म हुर्मत लिन्छु भनेर कुनै कुनै अपराधिले भन्छ भने बहादुर पुरुषलाई त्यो हर्कत सहिय हुदैन । कित त्यो अपराधि मर्छ कि त उसले माफी मागेर सच्चिन्छ पछि हट्छ । हाम्रो नेपाली राजनीति राज पाठमा जङ्ग बहादुर राणादेखी अहिलेसम्मको इतिहासको गहिरो अध्यन गर्दा हाम्रोदेश अत्यन्तै संकट र अत्यन्तै परनिर्भर राजनीति ब्यबस्थापनमा आधारित छ ।

त्यसबाट उन्मुक्ति पाउन नेपाली जनताको उल्लेख्य सहभागीता र बलिदान अत्यन्तै वजपुर्ण छ दुर्भाग्य राज्य ब्यबस्था र सासकिय स्वरुप अर्द उपनिवेशनै छ यहाँ राजतन्त्र प्रजातन्त्र लोकतन्त्र गणतन्त्र नाममा ब्यबस्थाको नाम जे दिएपनी पात्रमात्रै परिवर्तन भयो प्रवृत्ति र स्वरुप थप जटिल बन्दै गएको छ ।

बर्तमान अबस्थामा विश्व कोरोनाको उच्च महामारीले हतियार बिनाको अदृश्य बिश्व युद्धमा होमिएको छ । जसले बिश्वको कुनैपनी मानव जातिलाई बाकी राखेको छैन।  यो अबस्थामा बिश्व एक बनेर कोरोना विरुद्धमा मुकाबिला गर्नुपर्ने अबस्थामा भारतिय साम्राज्यवादले नेपालको भूगोल मिचेर भारतको पिथौरागड राज्यहुदै मानसरोवर सम्मकोलागी रोड निर्माणका लागी त्यहाको रक्षा मन्त्रीले उद्घाटन गर्नु भनेको नेपाली राष्ट्रियता सार्बभौमसत्ता स्वतन्त्रता र स्वाभिमानीमाथी नाङ्गो हस्तक्षेप हो ।

त्यतिमात्र होईन भारतीय राजनीति ब्यबस्थापनले नेपाली राजनीति निर्देश छ भन्ने छर्लङ्ग छ  । हाम्रो जस्तो स्वतन्त्र स्वाभिमानी राष्ट्रको अवस्था चौतर्फी संकटमा पार्ने कुर्सिकोलागी आफ्नो तुच्छ व्यबहार प्रस्तुत गर्ने एकध  बाहेक जङ्ग बहादुरदेखि अहिलेसम्मका प्रधानमन्त्री र सत्तामा पुगेका राजनीति शकी भारतिय दास र बधिया हलिको रूपमा देखिन्छन् ।

नेपालमा सबैभन्दा राष्ट्रिय स्वाधीनता भौगोलिक अखण्डताको चर्को मुद्दाहरूको कारण सत्तामा पुगेकाहरुबाट चरम राष्ट्रघात तथा जनबिरोधी क्रियाकलाप गरेको झलझल्ती ताजै छ बर्तमन सरकार र राजनीति राजपाठको नाङ्गो र उदाङ्ग चरित्रले भारतिय साम्राज्यवादको अगाडी इमानदार दासको रूपमा काम गरेको देखिन्छ । नेपाल सरकारको प्रराष्टमन्त्री समेतले लिपुलेक कालापानीमा भारतको तर्फबाट एकलौटी सडक निर्माणकार्य सुरुगरेको थाहा छैन भन्नू गैरजिम्मेवार तथा व्यावसायिक कर्मचारीले दिने अभिव्यक्ति हो ।

अर्कोतिर नेपाल प्रहरी भनेको जनताको अगाडी देखिने सरकार हो । त्यो सरकारमाथी भारतीय नागरिक र चीनिया अनुहारमा देखिने तिब्बतियन नागरिकले बिश्व लकडाउनको अबस्थामा खुल्लेआम नेपाल सिमामा शसस्त्र प्रहरी र सिंहदरबारको अगाडी नेपाल प्रहरीमाथी गरेको उच्छृंखल तथा आक्रमण अभद्र क्रियाकलापले नेपाल सरकारले एक शब्दको खर्च नगर्नु नलायक पन हो  ।

एमसिसीको चर्चा लिम्पियाधुरा लिपुलेक कालापानी नक्सा प्रकरणदेखी भारत मानसरोवर ट्रयाक उद्घाटन भारतिय चिनिया अनुहारमा देखिने अपराधिक तत्वको नेपाल प्रहरिमाथीको घृणित ज्याजती सिलसिलामा हुनुलाई मेरो ब्राह्मले देखेको पश्चिमा साम्राज्यवाद र भारतीय साम्राज्यले सयुक्त रूपमा तयार पारेको नेपाल चीन बिरोधि गतिविधि हो । यसको लागी लाचार शासकले नेपाल र नेपालीको दिगो सुरक्षालाई ध्यानमा राखेर सोच्छ भन्ने भरपर्दो आधार नभएपछि राष्ट्र भक्ती तथा प्रजातान्त्रिक शक्ति मिलेर शक्तिशाली बलियो नागरिक सरकारको आवश्यक बन्न थालेको छ।

धार्मिक बितण्डा र चीन नेपाल चीन छिमेकी सम्बन्धमा बिरोधि गतिविधिमा तयार पारेको कुनै कुनै त्यस्ता हर्कतलाइ जनस्तरबाट प्रतिरोध गर्न जरुरी छ । पश्चिमा साम्राज्यवादको जासुसी गर्न बसेका भारतको भुमिमा बसेर नितान्त नेपाल र चीन बिरोधि गतिविधिमा केही धर्मलम्बिहरुका तालिमप्राप्त गुण्डाहरु बैधानिक तथा अबैधानिक रूपमा नेपाल प्रवेश गरेका छन नेपालको तत्कालीन खाम्पा बिद्रोहको समयमा नेपालमा तिनै धर्मका गुरुहरुबाट हतियार सप्लाइ भएको र त्यसैलाई रोक्न त्यतिबेलाको दुइतिहाइ सरकार असफल बन्नुले महेन्द्रले बाध्यात्मक गलत कदमको एउटा कारण बनेको छ ।

अबपनी बिश्वका कुनैपनी देशका बिदेशी नागरिक धर्मगुरु तथा तिर्थालु श्रदालुको बहानामा नेपालको भुमिमा धार्मिक साम्प्रदायिक दोन्दको खेतिगर्ने गरेको पाइन्छ । बिदेशी डलरको लोभमा नेपाली समाजमा धार्मिक अंतर्विरोधलाई युद्धको मुख्मा पुर्‍याउने बिदेशी शक्तिको चलखेल रोक्ने एकमात्र विकल्प भनेको कुनैपनी धर्म चाहे हिन्दु मुस्लिम बौद्ध इसाईको नाममा नेपाल प्रबेशमा जनस्तरबाट बिशेष निगरानी बढाउन जरुरी छ । 

नागरिक सचेत नहुदासम्म कथित राजनीति सिद्धान्तको लिस्नुबाट सत्तामा पुगेका कथित राजनीति दल सरकार बिदेशी साम्राज्यवादको दासको भुमिकामा छन इनिहरुको राजनीति चरित्र र बिपत्तिकोबेला देश र जनताप्रति कतिसम्म जिम्मेवार छन भन्नेकुरा घामझै छर्लङ्ग छ  ।

नैतिक आदर्श राष्ट्रभक्ति जनताप्रति उत्तरदायी नबनेर आफ्नै पद र कुर्सिको लागी तिनै साम्राज्यबादी बैरिसग बिन्ति भाउ गर्ने र कुर्सिकै वरिपरि भ्रष्टाचार नैतिक पतन भएकालाई बचाउन देशीविदेशी शक्तिलाइ गुहार गर्ने गरेको इतिहास साक्षी छ। त्यसको विकल्पमा नागरिक अगुवाइमा सर्बपक्षय राष्ट्र भक्ती जन उत्तरदायी प्रजातान्त्रिक सरकार निर्माण हुन जरुरी छ । दुइतिहाइ सरकार राष्ट्रियताको बारेमा कुटनैतिक रूपमा पुर्ण असफल देखिन्छ ।

कतिपय यस्ता कायर र तिरष्कृत शब्दको प्रयोग गरेको पाइन्छ । कालापानी लिम्पियाधुरा लिपुलेक राजा महेन्द्रले उतिबेला भारतलाई सुम्पेको हवाइ हल्ला पिटेर सदाको लागि कालापानी भारतलाई सुम्पिने दाउमा राष्ट्र कथित राष्ट्रबादी लागेका छन । कतिपय चलेका भारतिय तथा पश्चिमा साम्राज्यवादको लगानीका दलाल मिडियाहरु र भारतका जुठो पुरोमा बचेका दलालहरुको चटकी हो  ।

एमसिसी कालापानी र कतिपय राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतालाई दखल पुर्‍याउने गतिविधि भारत र अमेरिकी रणनीतिमा बनाइएको एउटै डिजाइनको रणनीति हो । एमसिसिको पक्षमा जति छन तिनै दलालले कालापानी समस्या सुल्झाउने मार्गमा छैनन ।  एमसिसी र भारतीय साम्राज्यवादको कालापानी भु भागमा गरेको नाङ्गो हस्तक्षेप एउटै प्रवृत्ति र पात्रहरुबाट बनेको छ ।

आमालाई बन्धक राखेर ॠण मागेर समृद्धिको कल्पना देख्ने दलाललाई लामो समयसम्म सत्तामा राख्नु भनेको राष्ट्रिय स्वाधीनता सार्बभौमसत्ता स्वतन्त्रता प्रजातन्त्र नै गुम्ने खतरामा छ। नैतिक भ्रष्ट चरीत्र हिन दलालहरुले आफू सुनको सिंहआसनमा बसेर नेपाल आमामाथी बैरिको हुर्मत गरेको हेर्न लाज मान्दैनन ।  त्यसैले झोलामा पार्टीको प्रतिबेदन बोकेर ताली पिट्नु नेपाली युबाहरुको लागि अर्को दास मनोवृत्ति यथावत रहनु हो ।  मुटुभित्र देश र आफू जन्मेको माटो र आफ्नो नाभि गाडिएको जमिन बचाउनुको विकल्प देखौ।

यहाँ नेपाली अनुहारमा सत्तामा पुगेका प्रतिपक्षीमा बसेका सबै अमेरिकी तथा भारतीय साम्राज्यवादले नेपाल आमामाथी गरेको नाङ्गो बलात्कारी हुर्मतको साक्षी बनेर बस्ने त्यहिभित्र कतिपय दलालहरु आफुहरु सुनको सिंहआसनमा बसेर नेपाल आमालाई बलात्कार गर्नलगाउने छन । सम्पूर्ण राष्ट्रभक्ती जनप्रेमी नागरिकको चेत आउन जरुरी छ । जसले लामो समयदेखि रहेको दास राजपाठको राजनीतिलाई कायापलट गर्न सकोस।