नभए अन्न बाली धेरै कुरा बिग्रन्छ…

गजलकार बाबु त्रिपाठीको प्रत्युत्तरमा सिर्जित गजल

रोई रहे कर्णाली धेरै कुरा बिग्रन्छ
नभए अन्न बाली धेरै कुरा बिग्रन्छ ।

भोकले बालुवा खाएका नानीलाई
नगरी बसे गाली धेरै कुरा बिग्रन्छ ।

चरा बसाइँ सर्छन् निरासाको जङ्गल
उजाडिए डाली धेरै कुरा बिग्रन्छ ।

धनीहरुले होइन गरीवहरुले मात्रै
चढ्नु परे उकाली धेरै कुरा बिग्रन्छ ।

कतै जातका नाउँमा कतै धर्मका नाउँमा
बाँडिए भने नेपाली धेरै कुरा बिग्रन्छ ।

बागमती ११, कर्मैया , सर्लाही