आँशु त होनि झरिनैरहन्छ, झर्नदेऊ मायालु…

गजल

आँशु त होनि झरिनैरहन्छ, झर्नदेऊ मायालु
यादमा तिम्रो आँशुका ढिका,छर्नदेऊ मायालु । 

भरिन्न कैले भकारि मनको, उमङ्ग खुशीले
थरि-थरिका दर्दले मुटू,भर्नदेऊ मायालु ।

सपना थियो समिपमा तिम्रै,जीन्दगी काटुँला
सपना जस्तै मिलन हाम्रो,टर्न देऊ मायालु ।

जे-जसो गर्न चाहान्छ मनले,गर्न देऊ मायालु
अन्तिम शास फेरेर काखमा,मर्नदेऊ मायालु ।

जापान,