फुलबारीमा आएको बज्रपात

….मौसमी नियम होला नियमित प्रक्रिया पनि होला अचम्मको रहेछ यो चैत बैशाखको हुरि पनि जरै उखेल्न पनि पछि नपर्दो रहेछ । यस्तो लाग्दैछ यो हुरी मेरै फुलबारीलाई खन्जड बनाउन लागेको हो । समय निरन्तर रुपमा बग्दैछ , बहँदैछ । कसैले चाहोस् वा नचाहोस् यो आफनै गतिमा बहिरहेको छ ।

हुनत जिन्दगिकाे यात्रामा  कोही छिटो हिंडेर छुट्छन्, कोही ढिलो हिंडेर छु्ट्छन्, कोही सँगसँगै हिंड्दा–हिंड्दै बाटो बिराएर नि छु्ट्छन्  लाग्छ  याे प्रकिया निरन्तर चलिरहन्छ ।  तर अविरल यात्रा हो जीवन, जो मृत्यु शैयामा नपुगुन्जेल चलिरहन्छ, निरन्तर चलिरहन्छ । यहि प्रक्रियामा छ जिन्दगीको रेलयात्रा पनि ।

म सोच्छु…. 
घरी घरी बज्रपात मेरै फुलबारीमा किन ? ए हुरि, सुनेको थिए चैतमासको हुरि एकदम भयानक हुन्छ भनेर कहाँ कतिबेला आयर सारा सपना उजाडिदिन्छ भनेर । हो, आज तिमिले मेरो फुलबारी उजाड्न खोज्यौ म चुपचाप टुलुटुलु हेर्न बाहेक अलवा केही गर्न सकिरहेकी छैन । मैले दाेष जति समयलाइ दिएर बसेकी छु । सहनु मेराे कर्म हाे साेचेकी छु । साेचाइकाे लहरा लामाे हुदै गएकाे छ । 

रहरकाे माला, ताम्दानी डोलि र पन्चेबाजा घन्किने बेला यो बैशाख रुदैछ, समयले यस्ताे दिनपनि ल्याउदाेरहेछ  षडयन्त्रको धारहरु दिनदिन तिखारिदै छन ।  मन अताल्लिदै छ । विस्वासको बुलन्दानिमा गाडिएको माया एक बैशाखको झरिले उडाउदै छ जस्तो लागिरहेछ । यस्तो अप्रिय अनुभुति कसैलाई पनि नभैदिए हुने थियो जस्तो लाग्दैछ ।

तिमी त खुसी छौ होला प्रिय हुरि…..

बर्षौ लगाएर फुलाउन खोजेको यो फुलबारीलाइ तहस नहस पारेका छौ । मेरा सपनाका काेपीलाहरूलाइ फुल्नै नदिइ उडाइदिएका छाै ।  तिमि महान छौ हुरि , यो सब बज्रपात मलाई दिएर न सराप दिएर मान्छौ नत माया दिएर बुझ्छौ । मैले बुझाउन नसकेको होकि तिमिले बुझ्न नचाहेको हो , थाहा नै भएन

ए हुरि खहरे खोला थियौ समुन्द्री सतहमा नै हिरा बनाए । त्यो पनि देखि सहेनौ है आज मेरो हिरा नै उडाइ दियौ । यस्तो लागिरहेछ कसरी यो मन बुझाउँँ कहाँ जाउ कस्लाइ सुनाउ , समस्या आउनु ठुलो कुरा होइन समाधान गर्न सक्नु महान हो भन्ने कुराको पनि ज्ञान् पाएकी छु । तर बिल्कुल शुन्यतामा रहेर । कहिलेकाँहि पाएकाे ज्ञानले पनि काम नगर्दाेरहेछ हाे त्यस्तै भएकाे छ । 

हरेक सपनाहरू तिम्रो साथ
संगै भएको देख्छु ,
जिउछु या मर्छु थाहा छैन
बाचे मुटुमा तिम्रै नाम लेख्छु ।

मेरो फुलबारी एक सास थियो जिउने आस थियो । आज फुल्न नपाउदै तहस नहस पारिदिएको छौ । ए हुरि आज तिमी मेरो साथ नभयर के भयो हेर त यो मौसम, यो समय मलाई साथ दिइरहेको छ । म हाँसे हासिदिन्छ रोए रोइदिन्छ । आज यो आकाश रोएको देखेर तिमीलाई पश्चाताप त पक्कै हुनेछ । तिम्रो गल्तिको पनि महसुस हुनेछ तर माफी तिमी पाउने छैनौ ।

 किन भने आज मेरो फुलबारीमा चट्याङ परेको छ । मेरो फुलबारी बिना एक्लिएको त थिए नै आज एकान्तमा पनि बस्न बाध्य भएकी छु । संसार रोहिरहेको बेला मेरो मन पनि एकान्तबाट सम्हाली नसक्नु भएको छ ।

कहिले मर्छु जस्तै लाग्छ
तिमी बसेको ठाउबाट बसाई सर्छु जस्तै लाग्छ
छि तिमिले गरेको ब्यवहार सम्झदा त
मैले नि केही गर्छु जस्तै लाग्छ ।

अस्तु