यस्तो देखिन्थ्यो झडप पछिको त्रिबेणीमोड फोटोसहित

नेपालगन्ज, बाँके मंगलबार बिहान नेपालगन्जको त्रिवेणी मोडमा स्थानीय र प्रहरीबिच झडप भएपछि त्यहाकाे अबस्था तनाबग्रस्त भएकाे छ । झडपमा परी दुई स्थानिय घाइते भएका छन भने प्रहरीकाे बा १ झ ८२८४ नम्बरको सरकारी गाडी ताेडफाेड भएकाे छ ।

त्रिवेणी मोड नजिक रहेको संजय किराना स्टोर्सका संचालकले प्रहरीमाथी दुब्र्यवहार गरेपछि उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथी ढुङ्गामुढा भएको वडा प्रहरी कार्यालयका इन्चार्ज हरी बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार पसल संचालक २३ वर्षिय छोरा रवि गुप्तालाई नियन्त्रणमा लिईएको छ भने अहिले त्यस क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरीएको छ ।

यद्यपी स्थानियहरुले भने प्रहरीले पसल संचालक शिव कुमार बानियालाई कुटपिट गरेपछी झडप भएको बताएका छन । ‘दश पनि बजेको थिएन, प्रहरी आएर पसल किन बन्द नगरेको भनेर हामीलाई लछारपछार गरि पिटे । त्यसपछि अबस्था झडपसम्मा पुगेकाे बताए ।

बाँके प्रशासनले आज बिहान ११ बजेदेखी २५ गतेराती १२ बजेसम्मका लागि नेपालगन्जलाई ‘निषेधित क्षेत्र’ घोषणा गरेको छ ।


