पन्चदेवलको क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी रिपोर्ट नेगेटिभ
प्रकासित मिति : २०७७ बैशाख २३, मंगलवार ११:५०
प्रकासित समय : ११:५०
बिनायक, पन्चदेवल बिनायक नगरपालिकाको क्वारेन्टाइनमा राखिएकाहरुको आरडिटि रिपोर्ट नेगेटिभ आएको छ । केही दिन देखि क्वारेन्टाइनमा रहेका ७ जना र होम क्वारेन्टाइनमा बसेकी एक जना स्वास्थकर्मिको मङ्गलबार आरडिटी परिक्षण गरिएको हो ।
रिपोर्ट नेगेटिभ आएपनी उनिहरुलाई १४ दिन पुगेपछी मात्रै छोड्न सकिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय प्रमुख पदम माझिले बताउनुभयो ।
क्वारेन्टाइनमा रहेकाहरुले नगरपालिकाले दिने सेवा सुबिधा संतोषजनक रहेको बताएका छन ।

