रूपैडिहा भन्सारबाट धानकाे बीउ लिएर आएको ट्रकलाई लमहीबाट फिर्ता पठाइयाे
भालुवाङ, रूपैडिहा भन्सारबाट नेपालगन्ज हुँदै दाङको लमही आइपुगेको एउटा ट्रकलाई प्रहरीले फिर्ता पठाएको छ । धानको बिउ बोकेर आएको भारतीय नम्बर पिलेट युपी ३३ एमएन ०४६५ नम्बरको गाडीलाई लमहीमा एक छिन पनि रुक्न नदिई देउखुरी उद्योग वाणिज्य संघको पहलमा वडा प्रहरी कार्यलय लमही र ससस्त्र प्रहरीबल अर्जुन खोलाले बाँके पठाइएको छ ।

बाँके जिल्लामा भन्सार छ, नेपालमा आएर नेपाली ट्रकमा पोल्टी गर्न सकिन्छ, अत्यावश्यक सामान भन्दैमा इन्डियन ड्राइभर र ट्रकहरुलाई प्रबेश गर्न दिएर हामी जोखिम लिन सक्दैनौ संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले भने ।
त्यस्तै केही दिन अघि मात्र दाङ्गका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाललाई भेट्न अध्यक्ष श्रेष्ठ आईतबार कार्यालयमै पुगेका थिए । प्रजिअ रिजाललाई भेट्न पुगेका अध्यक्ष श्रेष्ठले दाङ्ग देउखुरीको पुर्वी सिमाना धानखोला र पश्चिमको शिबखोला नाकामा कडाई गर्न प्रस्ताब समेत राखेका थिए ।
छिमेकी जिल्लाहरुमा कोरोना संक्रमीतहरुको संख्या बढे सँगै देउखुरी उद्योग बाणिज्य संघ लमहीले दाङलाई संक्रमणबाट बचाउन थप निगरानी गर्न थालेको छ ।

