तिम्रो दरबार छ मेरो घरको गेट हुदैन….

गजल

तिमी ठुली भयौ साना सङ्ग भेट हुदैन
तिम्रो दरबार छ मेरो घरको गेट हुदैन ।

तिम्रो जवानिको मूल्य तोकेछ सहरले
हामी गरिब को भने कुनै दर रेट हुदैन ।

मधिरा पिउने लाई मधिरा नै मन पर्छ
मधिरा भन्दा मीठो कुनै चक्लेट हुदैन ।

मेरो घरमा त भोको पेट निदाउनु पर्छ
उता मौसुभ कहिल्यै खालीपेट हुदैन ।

हजुर पो चिसो मा हिटर बाल्नु हुन्छ
यहाँ हामीलाई त लाउने जकेट हुदैन ।

जाजरकोट