१ करोड ७९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ
प्रकासित मिति : २०७७ बैशाख २३, मंगलवार १९:३५
प्रकासित समय : १९:३५
काठमाडाैँ, सशस्त्र प्रहरी बलले १ करोड नौ लाख ७९ हजार भारतीय रुपैयाँ सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मंगलबार भारतको सुपौलीबाट मोरङ आएको डब्लूबी ७३ ई ७६३५ नम्बरको खाली ट्रक सशस्त्रले चेक गर्नेक्रमा उक्त रकम बरामद गरेको हो ।
पक्राउ पर्नेमा ट्रक चालक र सहचाल भारत सुपौलका रवि कुमार र पप्पु कुमार छन् । उनीहरुमाथि थप अनुसन्धानको लागि विराटनगर भन्सार कार्यालय पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।

