भारतमा संक्रमित हुनेको संख्या ४६ हजार बढी एकै दिन थपिए ३९ सय
प्रकासित मिति : २०७७ बैशाख २३, मंगलवार १०:४०
प्रकासित समय : १०:४०
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४६ हजार भन्दा बढी पुगेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म १२ हजार ७२७ जनामा कोरोना भाइरसको संक्रमण निको भएको छ । हाल ३२ हजार १३८ जनामा संक्रमण सक्रिय अवस्थामा छ ।
अहिलेसम्म कोभिड–१९ बाट भारतमा १५ सय ६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सयजनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै १९५ जनाको कोभिड–१९ बाट भारतमा पछिल्लो २४ घण्टामा निधन भएको छ । संक्रमण फैलिन नदिनका लागि भारतमा मे १७ सम्मका लागि लकडाउन लागु गरिएको छ।

