फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ हजार २०१ पुग्यो

काठमाडौं , फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३०६ जनाको मृत्यु भएको छ भने ७६९ जना संक्रमित थपिएका छन् ।

 फ्रान्समा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार २०१ पुगेको छ भने संक्रमित संख्या १ लाख ६९ हजार ४६२ पुगेको छ ।

९२ हजार ८९० जनाको उपचार भइरहेकोमा ३ हजार ६९६ जनाको अवस्था गम्भीर रहेको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएका ५१ हजार ३५१ जना संक्रमणमुक्त भएका छन् ।