नेपालगन्जका ६० बर्षिय संक्रमित परिवारका ६ सदस्यकै रिपोर्ट नेगेटिभ
प्रकासित मिति : २०७७ बैशाख २३, मंगलवार २१:२४
प्रकासित समय : २१:२४
नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका ७ का पहिलो संक्रमित ६० बर्षिय पुरुषको घरपरिवारका सबै सदस्यको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । संक्रमितलाई पछ्याउँदै उनको परिवारका सदस्य, उनले पढाएका बालबालिका र सम्पर्कमा आएका ९४ जनाको स्वाव संकलन गरिएकोमा २२ जनामा कोरोना पोजेटिभ देखिएको हाे ।
तर परिवारकै सदस्यको रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाँकेले जनाएकाे छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार । संक्रमितका श्रीमती, बुहारीसहित चार दाजुभाईको रिर्पोट नेगेटिभ आएको हो । परिवारको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई पुष्प छर्केर टोलबासीले स्वागत गरेका छन् ।

