नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२ पुग्यो
प्रकासित मिति : २०७७ बैशाख २३, मंगलवार ०९:०२
प्रकासित समय : ०९:०२
काठमाडौं, नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ८२ पुगेको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार थप ७ जनामा नयाँ पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका ८ निवासी वर्ष २२, ३०, ४० का पुरुष र वर्ष ०९, ३२, ३४ र ५५ की महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित सातै जनाको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । यसअघि एकै दिन १६ जनामा संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि ३ दिनसम्म नेपालगञ्जलाई निषेधित क्षेत्र तोकेको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्ति पढ्नुहोस्


