काठमाडौंका एक पुरुषमा देखियो पुनः कोरोना संक्रमण

काठमाडौं,  पाटन अस्पतालबाट ११ वैशाखमा डिस्चार्ज भएर घर फर्किएका पेप्सीकोलास्थित् सनसिटी अर्पाटमेन्टका ५८ वर्षीय पुरुषमा पुनः संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार उनमा सामान्य खोकीको लक्षण देखिएपछि स्वाबको नमूना संकलन गरेर परीक्षण गरिएको थियो। परीक्षण रिपोर्ट पोजिटिभ देखिएपछि उनलाई आज ललितपुरस्थित् पाटन अस्पतालमा भर्ना गरिएको हो।

१ वैशाखमा ती पुरुष, उनकी आमा र श्रीमतीमा आरडीटी किट परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए। पीसीआर परीक्षणमा श्रीमतीको रिपोर्ट नेगेटिभ आएको थियो भने आमा छोराको रिपोर्ट पोजिटिभ देखिएको थियो।

११ वैशाखमा दुवैको अन्तिम रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएका थिए। उनीहरू ५ चैतमा बेलायबाट नेपाल फर्किएका थिए।