अमेरिकामा मृत्यु हुनेको संख्या ६९ हजार ७०९ पुग्यो
प्रकासित मिति : २०७७ बैशाख २३, मंगलवार ०८:२३
प्रकासित समय : ०८:२३
काठमाडौं , कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६९ हजार ७०९ पुगेको छ। भने पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जनाको मृत्यु भएको छ १२ लाख १० हजारभन्दा बढी संक्रमित भएका छन् ।।
पछिल्लो २४ घण्टामा त्यहाँ २३ हजार ७१७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ लाख ११ हजार ८३९ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये १ लाख ८७ हजार २५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ५५ हजार १०५ जनामध्ये १६ हजार ४३ जनाको अवस्था गम्भीर रहेको छ ।

