“सडक र साम्यवाद”

कविता

सडक आधुनिक मानव सभ्यतासँगै
परिवर्तनको वकालत गर्दै आएको
एक अग्रगामी मार्ग हो ।
जति जति मानव सभ्यता परिवर्तन
र विकास हुदै आएको छ
ती प्रत्येक परिवर्तनहरुमा सहयात्री बन्दै
सडक मानिस सँगसँगै हिडिरहे छ

बिद्रोही चेत नै सडकको स्वभाव हो
शासकका आँखाले देख्ने गरि
सडक आफ्नो छातिमा
बिद्रोहका स्वरहरु
परिवर्तनका आवाजहरु
मालेमावाद – जिन्दावाद निर्धक्क लेखेर हिड्छ
सामन्तवाद,बिस्तारवाद ,साम्राज्यवाद
र पुजीवादको बिरोध गरेरै हिडेको छ
सडक रत्तिभर डराउदैन
अन्याय ,अत्याचार ,शोषण,
दमनको बिरुद्धमा आवाज बुलन्द गर्न
सडक छातिमा टायर बालेर,
जनसागर उरालेर,
राज्य सत्ता परिवर्तन गर्ने क्षमता राख्दछ।

सडक सडक मात्रै होइन
सडक भौतिक संरचना मात्रै होइन
सडक गोरेटो बाटो मात्रै होइन
सडक एक मार्ग मात्रै होइन
सडक एक सिद्धान्त हो
सडक परिवर्तनको वाहक हो
आवाज विहिनहरुको आवाज हो
सर्वहारा बर्गको सारथि हो
सडक क्रान्ति हो
सडक बिद्रोह हो
समग्रमा सडक आमूल परिवर्तनका
आवाजहरु बोल्ने मञ्च हो ।
सडकको उद्देश्य नै साम्यवादसम्म पुग्नु हो ।
र त हिडिरहेछ सडक अनवरत
साम्यवादलाई गन्तव्य बनाएर  ।

दैलेख,