एकैदिन १० जनामा कोराना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं, नेपालमा थप १० जना कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितहरुमा ९ जना नेपालगञ्‍ज र एक जना विरगञ्‍ज गरी १० जना कोरोना संक्रमित थपिएका हुन् । हालसम्म कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

“वीरगञ्‍ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ,”उनले भने,“ आज भेरी अस्पतालको प्रयोगशालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको हो ।”

विरगञ्‍जका ३६ वर्षीय पुरुषको राष्ट्रिय जनसस्वास्थय प्रयोगशाला गरिएको परिक्षणमा संक्रमण भएको पुष्टि गरिएको हो । नेपालगन्‍जमा कोरोना संक्रमण देखिनेमा पाँच पुरुष र चार महिला गरी ७ देखि ५८ वर्षसम्मका रहेका छन् ।

नेपालगन्‍जमा कोरोना संक्रमितहरुलाई कोरोना अस्थायी विशेष अस्पताल ल्याइने भएको छ ।