दासप्रथाको आधुनिकीकरण र १३१ औं मजदुर दिवसको समिक्षा

इतिहासले दुई किसिमबाट दुई प्रकारका मान्छे र ब्यबस्था जनमाउँछ एउटा पुजीवादी फासिबाद अर्को बैज्ञानिक समाजबाद बस्तुबादी भोगाइको अत्यधिक अत्याचारको कारण पिडितहरुको बिचबाट इतिहासमा महान बिद्रोह भएको इतिहास छ । रुसमा समाजबाद जर्मनी नाजिबाद दुबै ब्यबस्था शासकको संचालनको विधि प्रक्रियासँग स्थायी र अस्थायी भन्ने भरपर्छ धेरैले मजदुर आन्दोलन र मजदुर स्वतन्त्रताको दिनलाई मजदुर दिवसको रूपमा मात्रै हेरेका छन ।

आखिर मान्छेबाट मान्छेमाथि राज्यको सम्पूर्ण अस्त्रहरुको प्रयोग गरेर दासहरु मारिएको इतिहास र दास मजदुरहरुको शसक्त बिद्रोह मार्फत बिश्वका कुर तानाशाहहरुले आत्महत्या गरेर मरेको इतिहास धेरै देखिन्छन । जहाँ मान्छेले मान्छे माथी सिङ्गो राज्यको शक्ति पोखेर मानव समुदायलाई दिगो दास बनाउने योजना सफल बन्न नसकेपछि उत्पीडित बर्गको बिजय र शोषक बर्गको परायजयको युग सुरु भयो । दास भन्नासाथ इतिहासमा सबैभन्दा घिन लाग्दो युग हो ।

सुन्दा पनि बिद्रोहको ज्वाला बाल्न मन लाग्ने अत्यन्तै अमानवीय ब्यबस्था हो  । दास किन हुन्थे भनेर धेरैलाई यो सभ्यतामा सिकाइ राख्नु पर्दैन होला । तर बारम्बार भनिराख्नुपर्ने भुल्न नहुने इतिहास एउटा प्रवृत्ति हार्ने आफ्नो दास हो ।  जित्ने आफू मालिक हु भन्ने थितिको बिकास अहिलेसम्म यथावत देखिन्छ ।

राज्यमा आक्रमण गरेर जित्ने मालिक र हार्ने दास बनाइन्थे हुन्थे दासयुगमा दासहरुलाइ आफ्नो जिबनको बारेमा मृत्यु र जिबनको बारेमा निर्णय गर्ने अधिकार थिएन जहाँ दास मालिकले त्यसको निर्णय गरिदिन्थे । त्यसका विरुद्धमा स्पार्टाकसले दासहरुलाइ मुक्तगर्न दास बिद्रोह गरेको इतिहास छ ।

तर अमेरिकामा कुनैदिन अब्राहम लिंकनले राष्ट्रपतिको सफथग्रहन लिइरहेका बेला मान्छेलाई किनबेच गरिरहेका समाचार बाहिर आएको थियोे त्यो एउटा सुन्ने घटनामात्रै थियोे होला तर दासयुग सामन्तबादी युग पुजीवादी युग र बर्तमान २१ औं शताब्दिको भुमन्डलिकृत पुजीवादी युगमा आउँदा समेतलाई नजर अन्दाज गर्ने हो । भने प्रजातन्त्रको नाममा दास युगको आधुनिकरण मात्रै भएको छ तर दास प्रथा यथावत देखिन्छ । 

कुन सासकले मान्छे कति मारे हामी त्यो अध्यन गर्छौ तर किन मारे त्यो अध्यन गर्दैनौं अनिमात्र समस्याको गहिराईमा पुग्न असमर्थ हुन्छौ इतिहासमा चंगिच खाले बिश्वको २२ % भूगोल ११ % जनसंख्या अशक्त जनसंख्या घटनेगरी चार करोड मानव मारेका थिए । जसमध्ये ५ % होचा पुडका अशक्त आफ्नै राज्यका दासहरु मारेको इतिहास छ ।  त्यतिबेलाको उनको अतिवाद बिस्वका मानबहरुलाइ दास बनाउने र आफू मालिक बन्ने आडम्बरी थियोे ।

त्यस्तै भारतमा मुगल साम्राज्यका महासाम्राट औरंगजितले हिन्दुधर्मालम्बिलाइ दास बनाउने मनसायले गरेको चरम यातना र जजिया कर लगाएको इतिहास जस्ले मुगल साम्राज्य पतन हुने बाटो लिएको थियोे  । हिटलरले आर्यन जातिलाई मात्रै पृथ्वीको मानव जाती ठानेर पाचलाख सर्बसाधारण र साठिलाख मान्छेले ज्यान गुमाउनु परेको थियोे ।

जसको कारण बिश्व युद्धको सुरुवात गरायो । मानबले मानबमाथी कुरुप हमला गरेर विश्वभरीको मालिक बन्ने चिन्तन बोकेका हिटलरले रसियन सेनाको आक्रमण र पराजय खेप्न नसकेर जर्मन सकेर आफुपनी नरहने निधोमा पुगेका अन्तत आफ्नो प्रेमिका इभाब्राओनसगै आत्महत्या गरेर मर्नु पर्‍यो  । त्यस्तै चिलियन अगष्टो पिनोसेले उद्योग कलकारखाना निजीकरण गरेर उद्योगमा काम गर्ने महिला मजदुरमाथी बलात्कार हत्या हिंसाको कारण मरेपछि पनि तिनसय मुद्दाहरू अहिलेसम्म यथावत छन ।

लियोपोल सेकेन्डले मजदुरलाई दास बनाउन एक करोड नागरिक मारेका थिए । त्यस्तै मेसोजोका समलिङ्गी शासकले छ।  हजार मान्छे मारेर तीस हजारलाई दास बनाउने गरेका थिए ।  त्यस्तै रोमानियाका सासक पलातटेपसले एकलाख धेरै मान्छेलाई मारेर रगत समेत पिउने गरेका थिए ।

इमन चतुरले मजदुर महिलामाथी जनावरबाट बलात्कार गराउने र यदी महिलाले बिद्रोह गरेमा आफैले सार्बजनिक स्थलमा सामुहिक बलात्कार गरेर फासिदिने गरेर देख्ने मजदुर समेतलाई फाँसी दिन्थे । म्याक्समेलियन रोडिए असले पचास लाख मान्छे काटेर मजदुरलाई दास बनाउने गर्थे । त्यतिमात्र होइन नेपालकै राजा र राणाहरुले महिला मजदुर श्रमिक समुदायलाई सिध्याउने र महिला सर्बसाधारन जनता माथी अत्याचारको चुलीमा कतिसम्म पुगेका थिए ।

जङ्ग बहादुरले पचास रानी सयौं पटरानी बनाउने कसैले धमिलो अनुहार बनायो । भने सिदै गोलीद्वारा सिध्याउने गर्थे कुनै सधवा नारीको अनुहार राम्रो देखेकी उसको पतिको हत्या गरेर बिधुवा बनाउने गरेको इतिहास राना काल हुँदै पन्चायतसम्म लुकेर नेपाली महिला मजदुर किसान माथी अत्याचार गरेको इतिहास छ ।

अझ नेपालको इतिहासमा गोर्खा भर्ती केन्द्रको नाममा सिङ्गो आदिवासी जनजाती समुदायको बंश बिनास हुनेगरी बेलायती सरकारलाई बेचेर कमिसन खाएर सत्तामा बसने अत्यन्तै घृणित कुकर्म गरे जसको सत्य इतिहास पहिलो र दोस्रो विश्व युद्धको गल्लाको अत्याचारको कथामा स्पष्ट छ । राणाकालदेखि सुरु भएको नेपाली मानव बेचबिखन अहिलेसम्म गोर्खा भर्ती र वैदेशिक रोजगारको नाममा नेपाली जनसमुदायलाई बिदेश तिर सरकारलेनै मान्छे बेच्ने प्रथाको यथावत छ  ।

यसलाई दास प्रथाको आधुनिकतामात्रै भन्न सकिन्छ किनकी राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको उत्पादन प्रणालीलाई ध्वस्त पारेर पर निर्भरता आर्थिक ॠनमुखी राज्य ब्यबस्थाको ब्यबस्थापन जङ्ग बहादुरले बनाएको राज्यको स्वरुप नत कुनै राजाले परिवर्तन गरेको पाइन्छ ।  नत बहुदलीय परिपाटीले नत बर्तमान कथित गणतन्त्र नामको ब्यबस्थाले केबल दास मानबलाइ आधुनिक मजदुरको रूपमा बिदेश बेचेर राज्यसत्ता टिकाउने र नेपाली जनताको तिनै रगत पसिनाले पालिने सरकारी रबैया अनिवार्य बदलन जरुरी छ।

बिश्वका उत्पीडित जनताको मुक्तिको लागि दास बिद्रोहका नायक स्पार्टकसदेखि मजदुरलाई दास बनाउनेतर्फ उद्द्त कुरुर तानाशाहहरुसँग लडेर जीवनकालमा आफ्नो इतिहास रचेका स्यामुअल फिल्डेन,अल्बर्ट पार्सन, लुइस लिङ ,अगस्त स्पाइज ,माइकल स्वक्वव, जर्ज एगेल र एडल्ब फिसर इतिहासमा धेरै महत्त्वपूर्ण नामहरु हुन ।

त्यस्तै बिश्वका उत्पीडित श्रमजीवी श्रमिक मजदुर किसानका मुक्तिको लागि बैज्ञानिक समाजबादका प्रतिपादन गर्नुहुने महान दार्शनिक कार्ल माक्र्स लेनिन माओत्सेतुङ प्रती सम्झनाको अत्यन्तै महत्त्वपूर्ण दिनसग जोडेर हेर्न सकिन्छ ।  त्यसपछिका दिनहरूमा पुजीवादी चरित्रले बदललेको नब उदारबादको उदय र आर्थिक सामाजिक ब्यबस्थापन र उत्पादन प्रणाली अनुसार विश्वभरी धेरै मानव समुदायभित्रका मध्यम बर्गसमेतलाई मजदुर बर्गमा रुपान्तरण बनायो ।

बिज्ञान प्रबिधिको अत्याधुनिक बिकासको युगसगै अहिले बिश्वको अर्बौं मानव समुदायको श्रममाथी सिमित बर्गले शोषण गर्ने युगको सुरुवात भयो । यो अबस्थामा हाम्रो देशसमेतलाई प्रताडित बनाइरहेको छ । यतिबेला हाम्रा देशका कतिपय राजनीति नेताहरूले मजदुर दिबसको सुभकामना दिइरहेको देख्दा उदेकलाग्दो मानसटल बनाउने गर्छ ।

जहाँ सरकारनै बहुराष्ट्रिय पुजिबादी ब्यबस्थाको थाइ मजदुर जस्तो बन्नुपरेको अबस्थामा पुगिसकेको छ  । पुजीवादी बिश्व ब्यबस्थाको रुपसगै दास मानबलाइ मजदुर ज्यालादारी र सेवामूलक मजदुरको स्थाइ उत्पादन कारखाना नेपाल बनाउने तर्फ नेपाली राजनीति जान थालेको छ । 

जसको स्थिर र दिगो समाधानबारे सिङ्गो श्रमजीवी मजदुर किसान श्रमिक महिलाको सयुक्त एकताबाट मुक्तिको विकल्प खोज्ने अबको मजदुर आन्दोलन सफल हुनुपर्छ । किनकी नेपाली किसान श्रमजीवी श्रमिक मजदुरले स्वाभिमानी व्यबहार नभएर दास मजदुरको जीवन बिताउनु नपरोस जो माक्र्सवाद लेनिनवाद माओवादको आदर्श मान्दै हिडेको छ । 

त्यो मजदुर मुक्तिको बाटोमै छ जो प्रजातन्त्रको हवाइ दोहन गरेर मालेमाबादको आदर्श च्युत छ त्यो थप बिश्वब्यापी मानव समुदायलाई साम्राज्यवादको सेवामा थाइ रूपमा सेबामुलक परिमार्जित दासमजदुर निर्माण गर्नेबाटोमा हुन्छन् १३१औं मजदुर दिबसको यो अबस्थामा म लगायत सम्पुर्ण मजदुरमा हार्दिक शुभकामना !