कसैलाई उपहार कसैलाई श्रद्धाञ्जली दिएर सकियो

`गजल´

थियो, स्वर्णिम जिन्दगी , अलि-अलि दिएर सकियो
कसैलाई उपहार कसैलाई श्रद्धाञ्जली दिएर सकियो ।

तितो अतीत, उदाङ्गो वर्तमान, संचय गरेर राखेको थिएँ
चाल पाईनँ, बिस्तारै-बिस्तारै रित्तियो बगली दिएर सकियो ।

पश्चिमको घाम झैं भत्केको घर झैं निभेको चुल्हो झैं भएकोछु
नचाहाँदा नचाहाँदै पनि सप्नाहरुको वलि दिएर सकियो ।

उजाड भो, उराठ भो, टुङ्गिएछ हाम्रो प्रेम हेर्दा-हेर्दै
कैले बाडुल्की कहिले सप्ना कैले भलाभली दिएर सकियो ।

विछोड भो वियोगमा तड्पी रहेछु `मिलन´ हुन सकेन,
तिम्रो याद आई रह्यो झलना झल्-झली दिएर सकियो  ।

अछाम ।