भारतमा कोरोनाले १ हजार ७९ को मृत्यु,३३ हजार ६२ संक्रमित

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ७९ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ७९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ७९ पुगेको हो । भारतमा एकैदिन थप १ हजार ७३८जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३३ हजार ६२ पुगेको छ ।

भारतमा संक्रमितमध्ये ८ हजार ४३७ जना उपचारपछि निको भएका छन् । २३ हजार ५४६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सार्क मुलुकमध्ये पनि भारतमा सबैभन्दै भन्दा बढी कोरोना भाइरसको प्रभाव देखिएको छ ।

विश्वमा सबैभन्दा बढी कोरोनाको संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ । एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ८१ जनाले ज्यान गुमाएका छन् भने १ लाख १७ हजार ५८९ संक्रमित छन् ।

एसियाली मुलुकको दोस्रो स्थानमा इरान र तेस्रमा चीन रहेका छन् । इरानमा हालसम्म ९३ हजार ६५७ संक्रमित रहेका छन् भने ५ हजार ९५७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै चीनमा ८२ हजार ८ सय बढी कोरोना संक्रमित छन् भने ४ हजार ६३३ जनाको कोरोनाको संक्रमणबाट ज्यान गएको छ ।