भद्रगोलका ‘विलासे’लाई कोरोना संक्रमण

लण्डन । हाँस्य टेलिश्रृंखला भद्रगोलमा ‘विलासे’को भूमिका निर्वाह गरेका कलाकार सुवास कार्कीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । लण्डनमा रहेका सुवासलाई कोरोना भाइरसको पुष्टि भएको हो ।

सुवासले आफ्ना साथी कुमार कट्टेलसँगको कुराकानीमा अहिले स्वास्थ्य अवस्था सुधार भइरहेको बताएका छन् । सुवास दुईवर्षदेखि परिवारसहित लण्डनमा बस्दै आएका छन् ।